नक्कली पीसीआर रिपोर्ट दिने स्टार, ह्याम्स, डिको र सुरियाविरूद्ध छानबिन शुरू « Eglish Khabarhub

नक्कली पीसीआर रिपोर्ट दिने स्टार, ह्याम्स, डिको र सुरियाविरूद्ध छानबिन शुरू



स्टार हस्पिटल

काठमाडौं । नेपालमा सञ्चालित निजी ल्यावहरुले कोरोना परीक्षण नै नगरी रिपोर्ट दिएको खुलासा भएको छ ।

जथाभावी कोरोना परीक्षणको रिपोर्ट बनाएर विदेश जाने र त्यहाँ पीसीआर गर्दा पोजिटिभ आएको पाइएपछि पर्यटन मन्त्रालयले निजी ल्यावहरुलाई कारबाही गर्नका लागि पत्राचार गरेको छ ।

कोरोनाको गलत रिपोर्ट लिएर गएका कारण नेपाल एयरलाइन्स हङकङ र युएईमा प्रतिबन्ध भइसकेको छ । नेपाल वायुसेवा निगमको २ अक्टोबरमा काठमाडौंबाट हङकङका लागि गरिएको उडानमा ५ जना र १९ अक्टोबरमा काठमाडौं–हङकङ उडानमै ९ जना यात्रुमा त्यहाँ पुगेपछि पोजिभिट देखिएको थियो ।

त्यसैगरी काठमाडौं दुबईको नियमित उडानमा समेत पीसीआर परीक्षण नेगेटिभ आएका आधारमा यात्रा गर्दा पुनः परीक्षण गर्दा पोजिटिभ देखिएको थियो ।

ती देशहरुमा प्रतिबन्ध लगाएपछि पर्यटन मन्त्रालयले कोभिड १९ संकट व्यवस्थापन केन्द्र छाउनी र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई पत्राचार नै गरेको छ ।

यसरी गलत रिपोर्ट दिने ल्यावमा सबैभन्दा बढी स्टार अस्पतालले गरेको छ । मन्त्रालयले लेखेको पत्रमा १३ वटा गलत रिपोर्टमध्ये १० वटा स्टार अस्पतालले गरेको उल्लेख छ । त्यसैगरी ह्याम्स अस्पताल, सुरिया हेल्थ केयर र सेन्ट्रल डाइगोनेस्टिक ल्यावोटरी भएको उल्लेख छ ।

साथै काठमाडौं–नारिता नियमित उडानमा पनि २ देखि १० जनामा कोभिड पोजिटिभ देखिएपछि सम्बन्धित निकायमा जानकारी भएको थियो ।

मन्त्रायले यसरी परीक्षण गराएर महामारीको यस घडीमा नेपालभित्र हुने कोभिड परीक्षणको विश्वस्नीयतामाथि नै प्रश्न उठ्न सक्ने औल्याएको छ ।

Publish on: