२९ मंसिर २०८२, आइतबार

किशोर प्रधानले भने- चन्द्रजी मेरो भाई हो, दाईलाई अघि बढाएर जानुपर्छ भन्ने विर्सिनुभयो

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको आसन्न निर्वाचनका वरिष्ठ उपाध्यक्षका उम्मेदवार किशोर प्रधानले आफू उमेरमा पनि जेठो भएकाले आफू नै निर्वाचित हुनुपर्ने तर्क गरेका छन् ।

महासंघको साधारणसभामा बोल्दै प्रधानले वरिष्ठ उम्मेदवारका अर्का प्रत्यासी चन्द्रप्रसाद ढकाललाई लक्षित गर्दै भने, ‘उहाँ मेरो भाइ पनि हो, त्यसैले मलाई अघि लगाएर उहाँ पछि आउनुपर्छ ।’

उनले ढकाल आफैमा सरल भएको र बोलील पनि अत्यन्तै मिठास भएको भन्दै महासंघमा ढकालको प्रसंशामा शब्द खर्चिएका प्रधानले महासंघमा ढकालको उत्तिकै आवश्यकता रहेको बताए ।

‘उहाँ मेरो भाइ पनि हो, दाजुलाई अगाडि लगाएर म पछि जानुपर्छ भन्ने कुरा बिर्सनु भयो । म मेरा मित्र, भाई र प्रियलाई म भन्न चाहन्छु कि उहाँको आवश्यकता पनि छ,’ उनले भने ।

उनले आफू कर्तव्य र अनुशासनमा आफूलाई समर्पित गरेको भन्दै त्यसैमा अडिग रहने बताए ।

आफूले साना तथा मझौला उद्योगी व्यवसायी र जिल्लानगर सबैको पीरव्यथा बुझेको उनले बताए ।