काठमाडौं । सर्वोच्च शिखर सगरमाथाको उचाइ नेपाल र चीनका अधिकारीहरुले संयुक्तरुपमा गर्ने भएका छन् । नापी विभागका अनुसार मंगलबार नेपाल र चीनका अधिकारीहरुले संयुक्तरुपमा उचाइ सार्वजनिक गर्ने छन् ।
‘फिल्ड सर्वेक्षणबाट प्राप्त तथ्यांक समेत नापी विभागकै जनशक्तिबाट आफ्नै प्रयोगशालामा प्रशोधन तथा चीनका समकक्षी प्राविधिक तथा निर्देशक समिति तहमा छलफल भइ संयुक्तरुपमा सगरमाथाको उचाइ मापनको परिणाम सार्वजनिक गर्न लागिएको हो,’ नापी विभागका महानिर्देशक प्रकाश जोशीले बताए ।
मंगलबार सगरमाथाको उचाइ सार्वजनिकसँगै यस कार्यक्रमा योगदान पुर्याउने सबै महानुभावहरुलाई समेत सम्मान गरिने कार्यक्रम रहेको नापी विभागले जानकारी दिएको छ ।
हाल कायम रहेको सगरमाथाको उचाइ ८ हजार ८४८ मिटर नै आधिकारिक रहँदै आएको छ । जुन भारतको सर्वे विभागले सन् १९५४ मा घोषणा गरेको थियो ।
SHARE YOUR THOUGHTS