उद्योग वाणिज्य महासंघभित्र वैदेशिक रोजगार फोरम खोल्दैछौंः शेखर गोल्छा « Eglish Khabarhub

उद्योग वाणिज्य महासंघभित्र वैदेशिक रोजगार फोरम खोल्दैछौंः शेखर गोल्छा



काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले वैदेशिक रोजगार फोरम स्थापना गर्ने भएको छ ।

महासंघका अध्यक्ष शेखर गोल्छाले वैदेशिक रोजगार व्यवसायीका समस्या समाधान गर्न महासंघभित्र वैदेशिक रोजगार फोरम स्थापना गर्न लागिएको बताए ।

नेपाल वैदेशिक रोजगार व्यवसायी संघले महासंघका नवनिर्वाचित पदाधिकारीहरुलाई बधाई एवं शुभकामना दिन आयोजना गरेको कार्यक्रममा बोल्दै अध्यक्ष गोल्छाले भने, ‘म आज यहाँ एउटा घोषणा गर्न चाहन्छु कि हामी महासंघभित्र वैदेशिक रोजगार फोरमको बनाउँदै छौं, फोरमको संयोजक वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष हुनुपर्छ ।’

देशमा रेमिट्यान्स भित्र्याई अर्थतन्त्रलाई जोगाउन महत्वपूर्ण भूमिका खेल्ने वैदेशिक रोजगार व्यवसायीलाई थप सम्मानित र व्यवस्थित बनाउन आफुले महासंघबाट प्राथमिकताका साथ काम गर्ने पनि अध्यक्ष गोल्छाले बताए ।

‘वैदेशिक रोजगार व्यवसायमा देखिएका समस्या समाधान गर्न हामीले सँगै काम गर्नुपर्छ,’ गोल्छाले भने ।

महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले वैदेशिक व्यवसायीका समस्या समाधान गर्न आफु विगतदेखि नै लागि परेको बताए ।

देशमा रेमिट्यान्स भित्र्याउन योगदान गर्ने व्यवसायीहरुका समस्या समाधान गर्ने विषयमा सँधै पक्षमा रहेर वकालत गरेको पनि ढकालले बताए ।

सन् २००१ मा आइएमइ स्थापना भएपछि आफू सँगै वैदेशिक रोजगार व्यवसायीका पक्षमा लड्दै आएको ढकालले बताए ।

‘यो पेशालाई मर्यादित र सम्मानित बनाउनम सँध लागि परेको यहाँहरुलाई अवगत गराउन चाहन्छु,’ उनले भने ।

कार्यक्रममा वैदेशिक रोजगार व्यवसायीहरुले आफुहरुमाथि राज्यले हेर्ने दृष्टिकोणमा नै परिवर्तन हुनुपर्ने बताएका छन् । त्यसमा महासंघको साथ आवश्यक रहेको पनि व्यवासयीहरुले बताए ।

Publish on: