भारतमा निर्मित निम-जी इलेक्ट्रीक अटो नेपाली बजारमा « Eglish Khabarhub

भारतमा निर्मित निम-जी इलेक्ट्रीक अटो नेपाली बजारमा



काठमाण्डौं । हिमालय अर्गनाइजेशन अन्र्तगतको हिमालय मोटोराड कम्पनीले नेपालमा एक पटकको फूलचार्जबाट १ सय ३० कि मि गुड्ने केरेला अटोमोवाइल्स लिमिटेडद्वारा भारतमा निर्मित निम-जी इलेक्ट्रीक अटो नेपाली बजारमा ल्याएको छ।

नेपालमा हाल साना तथा ठुला ईलेक्ट्रिक सवारी साधनहरु भित्रिने क्रम तिब्र रुपमा बढेको छ । डिजेल पेट्रोलबाट चल्ने सवारी साधनहरुको तुलनामा ईलेक्ट्रिक सवारी साधनहरु केही महंगो हुने भएता पनि समग्रमा सञ्चालन खर्च धेरै नै सस्तो पर्न जान्छ । जसले गर्दा अहिले नेपालका यातायात व्यवसायीहरु इलेक्ट्रीक सवारी साधनमा आकर्षित हुन थालेका छन् ।

यसै, क्रममा हिमालय मोटोराडले भारतको केराला राज्य सरकारको स्वामित्वमा रहेको केरला अटोमोवाईल लिमिटेडद्धारा उत्पादित इलेक्ट्रिक अटो निम जीको नेपाल अधिराज्यभर आजदेखि विक्री वितरणको शुभारम्भ कम्पनीले गरेको छ ।

यस ईलेक्ट्रिक अटोको संचालन खर्च ७५ पैसा प्रति किलोमिटर र ब्याट्रीमा ३ बर्ष वा १५०० लाईफ साईकलको वारेन्टी रहेको कम्पनीले जानकारी दिएको छ । सो ईलेक्ट्रिक अटोमार्फत् ३ घण्टा ५५ मिनेटमै सजिलै आफ्नै घरको प्लगमा जोडेर फुल चार्ज गर्न सकिने हिमालय मोटराडका अध्यक्ष ध्रुब थापा बताएका छन् ।

सोही कार्यक्रममा केरेला अटोमोवाइल्स कम्पनीका तर्फबाट आउनुभएका प्रतिनिधी फिरोज खानले सो कम्पनी र सवारी साधनहरुको बारेमा जानकारी गराएका छन् । उनले निकट भविष्यमा उक्त इलेक्ट्रिक अटोको व्याट्रीमा ८ बर्ष सम्मको वारेन्टी दिनको लागि कम्पनीले काम गरिरहेको जानकारी दिए ।

कार्यक्रममा हिमालय मोटोराडका निर्देशक सौरव थापाले उक्त सवारी साधनमा ३० डिग्री सम्मको उकालो सजिलै चढ्न सक्ने नेपालको बाटो सुहाउँदो, उच्चत्तम गति ५० कि।मि।प्रतिघण्टा, आकर्षक बनावटका साथै डिजिटल डिस्प्ले मिटर समेतरहेको जानकारी दिए ।

Publish on: