काठमाडौं । नेपाल ईन्भेष्टमेण्ट बैंकको स्वामित्वमा रहेको एनआईबिएल एस क्याप्टिलले आज (पुस) १ गते देखी लागू हुने गरी निःशुल्क डिम्याट खाता र निःशुल्क मेरो सेयर दर्ता सुरु गरेको छ ।
यो योजना सीमित अवधिको लागि मात्र भएकोले क्याप्टिलको लाजिम्पाट तथा यसका अन्य शाखा कार्यालयहरू तथा नेपाल ईन्भेष्टमेण्ट बैंकको देशभर रहेका कुनै पनि शाखामा गई निःशुल्क डिम्याट खाता खोली मेरो शेयर पनि दर्ता गर्न सकिने छ ।
यसका अतिरिक्त एनआईबिएल एस क्याप्टिलले एकै दिनमा डिम्याट खाता तथा मेरो शेयर दर्ता प्रदान गर्ने प्रतिवद्धता समेत जनाएको छ ।
SHARE YOUR THOUGHTS