काठमाडौं । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको नेकपाको केपी ओली पक्षको केन्द्रीय समितिको बैठकले जम्बो महाधिवेशन आयोजक समिति घोषणा गरेको छ ।
साविक नेकपाको ४४६ सदस्यीय केन्द्रीय कमिटिमा ५५६ जना नयाँ सदस्य थप गरिएको छ । थप गरिएको सदस्यसहित महाविधेशन आयोजक समिति ११ सय ९९ पुगेको छ ।
थप गरिएका मध्ये १९७ जना पछि थप गरिने बताइएको छ । बैठकमा उक्त प्रस्ताव गरिएको र पारित गर्ने तयारीमा रहेको बैठकमा सहभागी एक नेताले जानकारी दिए ।
बैठकमा गृहमन्त्री रामबहदाुर थापा समूह सहभागी छैन । यस्तै पूर्व माओवादीका तर्फबाट टोपबहादुर रायमाझी र मणि थापा भने सहभागी छन् ।
यस्तै, नेकपाको अर्को पक्ष कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षले भने मंगलबार दिँउसो केन्द्रीय कमिटिको बैठक बोलाएको छ ।
पार्टी फुटेको भन्ने जस्तो नदेखाउन ओलीले महाधिवेशन आयोजक समिति घोषणा गरेका हुन् । तर नेकपा औपचारिक रुपमा फुटिसकेको छ ।
SHARE YOUR THOUGHTS