२ अर्ब डलरको कम्पनी १ डलरमा बिक्री, भारतीय अर्बपति बिआर सेट्ठीको यसरी भयो अवसान « Eglish Khabarhub

२ अर्ब डलरको कम्पनी १ डलरमा बिक्री, भारतीय अर्बपति बिआर सेट्ठीको यसरी भयो अवसान



संयुक्त अरब इमिरेटस (युएई)लाई केन्द्र बनाएर व्यापार व्यवसाय गर्ने एक भारतीय अर्बपति केही समयअघिसम्म राम्रै रजगज गर्थे । व्यापार व्यवसाय समेत राम्रै थियो । शान, सौकत पनि चलेकै थियो । व्यापार पनि विश्वासको कुरा हो । मेहनत र इमान्दारिता पनि आवश्यक पर्दछ । तर, सानो गल्तीले पनि एकै निमेषमा बर्षौको मेहनत ढल्न सक्छ ।

किनकी समयले कोही कसैलाई पनि माफ गर्दैन । त्यही समय हो, जसले एकाध वर्षमा नै मानिसलाई सफलताको शिखरमा पुर्याइ दिन्छ भने कोहीलाई त्यही समयले क्षणभरमा सडकमा झारिदिन्छ ।

यस्तै भएको छ भारतीय अर्बपति बिआर सेट्ठीलाई । उनको कम्पनी फिनाक्लरको बजार मूल्य २ बिलियन डलर भन्दा बढी थियो । त्यो भनेको नेपाली मुद्रामा झण्डै २ खर्ब ३५ अर्ब ५९ करोड २० लाख बराबर हो ।

गत डिसेम्बरमा फिनाब्लरको बजार मूल्य २ बिलियन डलर थियो र अप्रिलमा गरिएको भनिएको अज्ञात मूल्यांकनमा १ अर्ब डलर भन्दा बढी ऋण भएको देखिएको थियो ।

युएईलाई केन्द्र बनाएका व्यापारी बिआर सेट्ठीको कम्पनी र उनको व्यवसाय क्रमशः पतनको दिशामा केन्द्रीत भएको छ । उनको कम्पनीलाई इजरायली युएई कन्सोर्टियमलाई १ डलरमा नै बिक्री गर्न तयार भएको देखिएको छ । झण्डै २ अर्ब डलर बराबरको हिस्सा भएको कम्पनी किन यसरी पतनको दिशामा पुग्यो भन्ने बारेमा आम मानिसलाई समेत चासो रहन सक्छ ।

व्यापारिक साम्राज्य क्षणभरमा ढल्दा त्यसले पार्ने प्रभाव र उनकै जीवनमा परेको नराम्रो असर पनि अर्को हुन सक्छ ।

सेट्ठीको कम्पनी फिनाबलर, भुक्तानी र विदेशी विनिमयमा गरिएको घोटाला सार्वजकिन भयो । मार्डेड प्लेटफर्मले घोषणा गर्यो कि उसले इजरायलको प्रिज्म समूहसँग मिलेर गलत काम गरेको थियो । ग्लोबल फिन्टेक इन्भेस्टमेन्ट होल्डिङसँग निश्चित सम्झौता गरेर उसले गलत काम गरेको पाइएको छ ।

पूर्व इजरायली प्रधानमन्त्री एहुद ओल्मर्टसँग सम्बन्धित प्रिज्म समूहले लेनदेनको सम्बन्धमा अबुधाबीको शाही परिवारसँग रहेको रणनीतिक साझेदार (आरएसपी) सँग एक कन्सोर्टियम गठन गरेको थियो । अबुबेकर अल खुरीको नेतृत्वमा रहेको आरएसपी अबूधाबी कार्यकारी काउन्सिलका उपाध्यक्ष शेख हज्जा बिन जायद अल नाह्यानसँग सम्बद्ध रहेका थिए ।

अपराधको दुनियाँका एक पात्र छोटा राजनसँग पनि एक फोन कलमा बीआर शेटेठीलाई समेत ज्यान मार्ने धम्की दिएको विवरण सार्वजनिक भएको थियो ।

पछिल्लो सम्झौता युएई र इजरायली कम्पनीहरु बीच पहिलो महत्वपूर्ण व्यावसायिक लेनदेन पनि भएको बताइन्छ । जुन यस बर्षको शुरुवातमा ती देशको सामान्यीकरण सम्बन्धी सम्झौतामा हस्ताक्षर गरेका थिए ।

त्यस बेलादेखि, बैंकिङ साझेदारी एवम् मोबाइल फोन सेवा नियमति गर्नेसम्मका क्षेत्रमा सम्झौता गरिएको थियो । इजरायलको वित्त मन्त्रालयले वार्षिक द्विपक्षीय व्यापार २ अरब डलरबाट सुरु हुनेछ ।

कम्पनीको हस्तान्तरण को बदलामा के गर्ने भन्ने पनि प्रष्ट भएको छैन । १ अमेरिकी डलर जो नाममात्रमा बिक्री हुन लागेको छ । त्यस्तै प्रारम्भिक विचारको अतिरिक्त, सो कम्पनीलाई कार्य जारी राख्न र समर्थन गर्दै सक्षम तुल्याउनका लागि कार्यशील पूँजी प्रदान गर्दैछ । यस्तै ,कर्मचारी र त्यसँग जोडिएका साझेदारसँग पनि आवश्यक मेलमिलाप गर्नुपर्नेछ ।

विशेष गरी, स्वास्थ्य उपकरणको व्यवसायमा लागेका सेट्ठीको किन अवशान भयो भन्ने चासो र चिन्ता उत्तिकै रहेको छ । यूएई सरकारले उनलाई आफनो देशको सबैभन्दा ठूलो सम्मान पनि पाएका थिए । सेट्ठीले संसारको सबैभन्दा अग्लो मानिएको दुबईको बुर्ज खालिफाको १०० र १४० औं तलाको फ्ल्याट समेत लिएका थिए । उनको कम्पनी सन् २०१२ मा नै लण्डन स्टक एक्सचेञ्जमा सूचीकृत भएको थियो । संसारभर नै प्रख्यात मानिएका व्यवसायी सेट्ठी मनी लण्डिङ केशमा फसेका थिए । उनले बेलायतमा समेत आर्थिक अपराध गरेको आरोपमा मुद्दा चलेको थियो ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नजिकका मानिएका व्यवसायी सेट्ठीले भारतीय सत्तामा समेत प्रभाव राख्ने हैसियत राख्दथे । उनै सेट्ठीको जोडबलमा नै मोदीले युएईको भ्रमण समेत गरेका थिए । मोदीले सेट्ठीलाई सफल व्यवसायी मात्रै नभई आफनो हितैसी समेत भएको बताएका थिए । भारतीय स्वतन्त्रता संग्राममा उनका पीताले योगदान गरेका थिए । सोही कारण उनको परिवारको भारतीय पूर्व प्रधानमन्त्री अटल बिहारी वाजपेयीसँग पनि निकटको सम्बन्ध थियो ।ऐजेन्सी

Publish on: