एक महिनामै पौने २० प्रतिशतले घट्यो विद्युतीय कारोबार « Eglish Khabarhub

एक महिनामै पौने २० प्रतिशतले घट्यो विद्युतीय कारोबार



काठमाडौं । विद्युतीय माध्यममार्फत् हुने कारोबार एक महिना नै १९.७३ प्रतिशतले घटेको छ । गत असोज महिनाको तुलनामा कात्तिक मसान्तसम्म विद्युतीय कारोबार ५ खर्ब ५ अर्ब ७७ करोड रुपैयाँले घटेको हो ।

काक्तिक महिनामा दशैं-तिहारजस्ता चाडपर्वको बिदा परेको हुँदा सो महिनाका विद्युतिय कारोबार घटेको राष्ट्र बैंक भुक्तानी प्रणाली विभागका कार्यकारी निर्देशक भुवन कँडेलले बताए ।

‘चाडपर्वलाई आवश्यक पर्ने रकम असोज अन्तिमसम्म सर्वसाधारणले बैंकबाट झिकिसकेका थिए,’ कँडेलले क्लिकमाण्डूसँग भने, ‘सो समयमा समयमा बैंक समेत बिदा हुँदा आरटिजिएस, इसीसी,आइपिएस र कनेट आइपिएसको कारोबार घट्दा कारोबारमा ठूलो परिवर्तन देखिएको हो ।’

सार्वसाधारणले आवश्यक उपभोग्य वस्तु तथा अन्य सामान समेत चाडपर्व शुरु हुनु अघि असोजमा नै खरिद गरेका हुँदा सम्पुर्ण विद्युतिय कारोबारको संख्या र रकम नै काक्तिकमा घटेको उनको भनाइ छ ।

राष्ट्र बैंकको तथ्यांकअनुसार गत काक्तिक मसान्तसम्म एटीएम, मोबाइल, इन्टरनेट बैंकिङ, आरटीजीएस, इसीसी, आइपीएस, कनेक्ट आइपीएस, इ-कमर्स, पीओएस, क्यूआरकोड, डेविट काड, क्रेडिटकाड, प्रिपेड कार्ड, शाखारहित बैकिङ्ग र वालेटमार्फत् २० खर्ब ५० अर्ब २१ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । असोज महिनामा २५ खर्ब ६३ अर्ब ९८ करोड रुपैयाँ विद्युतिय कारोबार भएको थियो ।

तथ्यांक अनुसार असोज महिनाको तुलनामा काक्तिकमा आटिजिएस कारोबार २१.२० प्रतिशत, इसीसी २०.६५ प्रतिशत, आइपीएस २७.१६ प्रतिशत र कनेट आइपीएस १७.२९ प्रतिशतले कारोबार घटेको छ । साथै, इन्टरनेट बैंकिङ १३.९१ प्रतिशत, मोबाइल बैंकिङ१०.९४ प्रतिशत, ब्राञ्चलेस बैंकिङ ५.३० प्रतिशत र वालेटमार्फत् हुने कारोबार ३.१६ प्रतिशतले असोज महिनाको तुलनामा काक्तिक महिनामा कारोबार घटेको छ ।

कुल विद्युतिय भुक्तानी कारोबार घटेपनि एटिएम, डबिट कार्ड, क्रेडिट कार्ड, प्रिपेट कार्ड, पिओएस र ई– कर्मशमार्फत् हुने कारोबार भने बढेको छ ।

असोज महिनामा एटिएममार्फत् ४६ अर्ब ७८ करोड रुपैयाँ कारोबार भएकोमा काक्तिम महिनामा ५५ अर्ब ४९ करोड रुपैयाँ, डबिट कार्डमार्फत् असोज महिनामा ४९ अर्ब १० करोड रुपैयाँको कारोबार भएकोमा काक्तिकमा ५८ अर्ब ४७ करोड रुपैयाँ र क्रेडिट कार्डमार्फत् असोजमा ७६ करोड रुपैयाँको कारोबार भएकोमा कासिक्तकमा ८१ करोड ६० लाख रुपैयाँको कारोबार भएको छ ।

साथै असोज महिनामा प्रिपेट कार्डमार्फत् ५ करोड ८० लाख रुपैयाँको कारोबार भएकोमा काक्तिकमा ६ करोड रुपैयाँ, पिओएसमार्फत् असोज महिनामा २ अर्ब ३४ करोड रुपैयाँको कारोबार भएकोमा काक्तिक माहिनामा ३ अर्ब ३ करोड रुपैयाँ र ई– कर्मशमार्फत् असोज महिनामा ७९ करोड ४० लाख रुपैयाँको कारोबार भएकोमा काक्तिक महिनामा ५२ करोड रुपैयाँको कारोबार भएकोे छ ।

Publish on: