काठमाडौं । नेपाल धितोपत्र बोर्डले नागरिक स्टक डिलरको लाइसेन्स आगामी साताबाट वितरण गर्ने तयारी गरेको छ । लाइसेन्स वितरणको अन्तिम चरणमा पुगेको र अर्को सातासम्म सबै प्रक्रिया पुरा गरी वितरण शुरु गरिने बोर्डका अध्यक्ष भिष्मराज ढुंगानाले बताए ।
‘स्टक डिलर इजाजतको काम यसै सातासम्म सकिने सम्भावना छ,’ उनले नेपाल आर्थिक पत्रकार संघ (नाफिज) को नयाँ कार्य समितिलाई बधाई तथा शुभकामना दिने क्रममा भने, ‘नागरिक लगानी कोषले आवश्यक पुर्वाधार तयार गरिसकेको जानकारी दिएको छ, जस कारण स्टक डिलर यही महिना भित्र दिन सकिने अवस्था हुन्छ ।’
उनले कमोडिटी बजारको लाइसेन्स वितरणको काम समेत बोर्ड अन्तिम चरणमा पुगेको हुँदा अर्को सातामा लाइसेन्स वितरण शुरु हुने सम्भावना रहेको उनले जानकारी दिए ।
बोर्डद्वारा आयोजित सो भेटघाट कार्यक्रममा अध्यक्ष ढुंगानाले ब्रोकर कमिसन घटाउने मोडालिटी तयार भइसकेको बताएका छन् ।
‘ब्रोकर कमिसनका सन्दर्भमा छलफल जारी छ, कमिशन घटाउँदा स्लाब पनि पुनर्विचार गर्नु पर्ने हुन्छ,’ उनले थपे, ‘मोडालिटिमा हामी करिब करिब अन्तिम चरण पुगेका छौ, सम्भवत हामी अंग्रेजी नयाँ वर्षदेखि हामी यो लागू गर्न सक्छौं ।’
कमिशनको दर कति तोक्ने विषयमा बोर्ड अझै प्राविधिक रुपमा थुप्रै काम गर्न बाँकी रहेको हुँदा केही ढिलाई भएको उनले जानकारी दिए ।
सो क्रममा उनले इ केवाईसी भर्ने व्यवस्था मिलाउन बोर्डले कार्यविधिको खाका तयार गरी सीडीएसीलाई कार्यविधि बनाउन भनेका निर्देशन दिएको बताए । साथै, बोर्डले बजार राम्रो बनाउन बैक इन्ट्रीगेसन, ब्रोकर टीएमयस सुधार, इलेक्ट्रोनिक रिपोर्टिङ काम लागि डिजिटल काम अघि बढाएको जानकारी दिए ।
SHARE YOUR THOUGHTS