काठमाडौं । नेपाल एयरलाइन्सले हङकङ जाने यात्रुका लागि कोरोनाको आरटी-पीसीआर परीक्षण राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गर्न भनेको छ ।
हङकङ उडानमा यात्रुमा कोरोना पोजिटिभ देखिएपछि नेपाल एयरलाइन्स ४ पटकसम्म प्रतिबन्धमा परिसकेको छ । त्यसैले अब उडान गर्दा परीक्षण विश्वसनीय होस भन्ने उद्देश्यले परीक्षणमा कडाइ गरेको हो ।
परीक्षणका लागि एयरलाइन्सले समय पनि तोकेको छ ।
SHARE YOUR THOUGHTS