काठमाडौं । आवेदक कसैको हात खाली नजाने पूर्वाधास विकास बैंकलाई साधारण सेयर जारी गर्नको लागि धितोपत्र बोर्डले अनुमति दिएको छ ।
बोर्डले पूर्वाधार विकास बैंकलाई प्रतिकित्ता १०० रुपैयाको दरले ८ करोड कित्ता सेयर जारी गर्न अनुमति दिएको हो ।
पछिल्लो समय आइपीओमा निकै नै आकर्षण बढेको छ । ८ करोड कित्तामा सामुहिक लगानी कोष र कर्मचारी आरक्षण रहेको छ ।
धितोपत्र बोर्डको १० कित्ता नीति अनुसार १० कित्ता मात्र पाउदा पनि ८० लाख जनाले पाउने सम्भावना हुन्छ । पछिल्लो समयको प्रभु लाइफ इन्स्योरेन्समा १० लाखले आवेदन दिएका थिए ।
यो आधारमा पूर्वाधार विकास बैंकको आइपीओमा कसैको पनि हात खाली जाने छैन । आवेदकले यसमा न्यूनतम ५० कित्ता सेयर पाउने सम्भावना बलियो छ ।
नेपालको सेयर बजारको इतिहासमा पूर्वाधार विकास बैंकले अहिलेसम्मकै ठूलो आइपीओ निष्कासन गर्न लागेको हो ।
SHARE YOUR THOUGHTS