सिटी एक्सप्रेस मार्फत पैसा पठाउने टमाटाले जिते २ लाख « Eglish Khabarhub

सिटी एक्सप्रेस मार्फत पैसा पठाउने टमाटाले जिते २ लाख



काठमाडौं । सिटी एक्स्प्रेस मनी ट्रान्सफर र दुबई स्थित अल फर्दान एक्सचेन्जको संयुक्त सहकार्यमा आयोजना गरिएको ‘दशैं तिहार बम्पर धमाका’ अन्तर्गत दिपक राम टमाटाले २ लाख रुपैयाँ जितेका छन् ।

उक्त योजना अन्तर्गत दुबईको अल फर्दान एक्सचेन्जबाट सिटी एक्सप्रेस मार्फत पैसा पठाउदा उनी दोस्रो बिजेता बनेका हुन् ।

यो योजनामा बिजेता छनोट लक्की ड्र मार्फत गरिएको थियो । जसअन्तर्गत सिटी एक्स्प्रेसबाट पैसा पठाएर ८ जनाले रंगिन टिभी, ४ जनाले माईक्रोवेभ ओभन, ४ जनाले ब्लेन्डर, ५ जनाले राईस् कूकर तथा ६ जनाले ईलेक्ट्रीक केट्टल जितेका छन् ।

सिटी एक्सप्रेसले बिगत १४ वर्षदेखि संसार भरबाट विप्रेषण सेवा प्रदान गर्दै आइरहेको छ । आन्तरिक विप्रेषण अन्तर्गत सिटी एक्सप्रेसका देशभर छरिएर रहेका १० हजार भन्दा बढि भुक्तानी केन्द्रहरु मार्फत भुक्तानी प्रदान गर्ने, कुनै पनि बैंकको खातामा रकम जम्मा गर्ने र मोबाईल वालेटमा लोड गर्न सकिने जस्ता सुविधाहरु प्रदान गर्दै आइरहेको छ ।

Publish on: