राष्ट्रिय वाणिज्य बैंकका ८ कर्मचारीविरूद्ध साढे ९ कराेडको बिगोसहित मुद्दा दायर « Eglish Khabarhub

राष्ट्रिय वाणिज्य बैंकका ८ कर्मचारीविरूद्ध साढे ९ कराेडको बिगोसहित मुद्दा दायर


१५ पुस २०७७, बुधबार ००:००  

पढ्न लाग्ने समय :[rt_reading_time] मिनेट


0
Shares
  • change font
  • change font
  • change font
  • [simplicity-save-for-later]

काठमाडौं । गलत कागजात बनाएर बैंक तथा वित्तीय संस्थालाई ठगी गरेको उदाहारण त बेला बेलामा सार्वजनिक नै भएका थिए । सोही क्रममा बैंकका कर्मचारी समेतको मिलेमतोमा किर्ते कागजात बनाएर ठगी गर्ने गिरोह नै सक्रिय रहेको फेला परेको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राष्ट्रिय वाणिज्य बैंक शाखा कार्यालय नेपालगञ्जका तत्कालीन प्रबन्धक ललितबहादुर शाहीसहित आठ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेपछि सो कुराको खुलासा भएको हो ।

बैंकका कर्मचारी र धितो मूल्याङ्कनकर्ताको समेत मिलेमतोमा सरकारी कागजात किर्ते गरी ऋण प्रवाह गरी भ्रष्टाचार गरेको पाइएकाले उनीहरु विरुद्ध मुद्दा दायर गरिएको आयोगले जनाएको छ ।

आयोगले बैंकका तत्कालीन प्रबन्धक ललितबहादुर शाही, सहायक कलबहादुर ओली क्षेत्री, तत्कालीन उपप्रमुख होताराम योगी, सहायक प्रिन्सी गुप्ता, रिजवान अहमद असगढ, फहमिदा बानो जसगढ र सूचीकृत धितो मूल्याङ्कनकर्ता कर्णबहादुर केकेविरुद्ध जनही १ करोड २५ लाख रूपैयाँ र सकिना जसगढविरूद्ध ७५ लाख रूपैयाँ  बराबरको भ्रष्टाचार गरेको आयोगले ठहर गरेको छ ।

उनीहरु विरुद्ध समान बिगो कायम गर्दै आज मुद्दा दायर गरिएको आयोगका प्रवक्ता तारानाथ अधिकारीले जानकारी दिए । किर्ते कागजातको आधारमा किर्ते धितो मूल्याङ्कन गरी उक्त कागजात बैंक शाखामा पेश गरी कर्जा लिने कार्य गैरकानूनी रहेको आयोगको ठहर छ ।

बाँके नेपालगञ्ज उपमहानगरपालिका त्रिभुवनचोकस्थित रहेको राष्ट्रिय बाणिज्य बैंकको शाखा कार्यालयबाट कर्मचारी र धितो मूल्याङ्कनकर्ता समेतको मिलेमतोमा सरकारी कागज किर्ते बनाई ऋण प्रवाह गरेको पाइएको छ ।

गलत काम गरी ऋण प्रवाह गरी भ्रष्टाचार गरेको भन्ने उजुरी निवेदन सम्बन्धमा अनुसन्धान हुँदा निम्न व्यक्तिहरुले किर्ते कागजहरुको आधारमा किर्ते धितो मूल्याङ्कन गरी उक्त कागजातहरु राष्ट्रिय बाणिज्य बैक त्रिभुवनचोक शाखामा पेश गरी कर्जा लिने कार्य गरेको पाइएको छ ।

आयोगले गैरकानूनी लाभ वा हानी पुर्‍याउने, सरकारी कागज किर्ते गर्ने, गलत लिखत र प्रतिवेदन तयार गरी सरकारी सम्पत्तिको हानिनोक्सानी गरी गराई भ्रष्टाचार गरेको पुष्टि हुन आएको हुँदा देहायबमोजिमको व्यक्तिहरुको हकमा देहायबमोजिमको कसुरमा सजायको मागदाबी गर्दै विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

प्रकाशित मिति : १५ पुस २०७७, बुधबार ००:००  १० : ४२ बजे

Motorable bridge constructed with investment of over Rs 131.2 million

KATHMANDU: Foreign Minister Dr Arzu Rana Deuba has congratulated her

Rs 60 million worth ginger sold in Triveni rural municipality

RUKUM PASCHIM: Triveni rural municipality of Rukum Paschim district has

Farmers struggle for fertilizer despite full warehouse in Siraha

KATHMANDU: Farmers in Siraha are facing difficulties in accessing chemical

Two teenage girls found dead in Achham

Two teenage girls, Saraswati Khadka (15) and Ishara Khadka (14),

Two arrested on charges of gangrape in Kailali

KATHMANDU: Two people have been arrested on charges of gang-raping