कोरोनाको असर अर्थतन्त्रमा अनुमान गरेभन्दा कम, बैंकहरुले ९ अर्ब ब्याज छुट दिए: गभर्नर « Eglish Khabarhub

कोरोनाको असर अर्थतन्त्रमा अनुमान गरेभन्दा कम, बैंकहरुले ९ अर्ब ब्याज छुट दिए: गभर्नर


१५ पुस २०७७, बुधबार ००:००  

पढ्न लाग्ने समय :[rt_reading_time] मिनेट


0
Shares
  • change font
  • change font
  • change font
  • [simplicity-save-for-later]

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले अर्थतन्त्रमा कोरोनाको असर अनुमान गरेभन्दा कम भएको बताएका छन् । नेपाल आर्थिक पत्रकार संघको नयाँ कार्यसमितिसँग बुधबार भएको छलफलमा गभर्नर अधिकारीले यस्तो बताएका हुन् ।

‘अर्थतन्त्रमा कोभिडको प्रभाव अनुमान विश्वव्यापीरुपमै अनुमान गरिएकोभन्दा धेरै कम भएको हुँदा आगामी दिनमा यसको रिकोभरी पनि सोचेभन्दा राम्रो हुने देखिन्छ,’ उनले भने ।

केही क्षेत्र बाहेक अधिकांश क्षेत्रमा आर्थिक गतिविधि राम्रो देखिएकाले आर्थिक वृद्धि राम्रो हुने उनले विश्वास व्यक्त गरे ।

नेपालमा गत जेठमा क्षमताको ६ प्रतिशतमात्रै सञ्चालनमा रहेका उद्योगधन्धा अहिले ५६/५७ प्रतिशत क्षमतामा चलिरहेको उनले जानकारी दिए । र, पछिल्लो समय बैंकिङ क्षेत्रबाट पनि कर्जा प्रवाह बढेको उनको भनाइ छ ।

‘मंसिर र पुसमा कर्जाको विस्तारमा प्रगाति राम्रो छ, अब बैंकिङ प्रणालीमा भएको तरलता प्रयोगमा आउँछ,’ उनले भने, ‘प्रणालीमा भएको अधिक तरलताले गर्दा राष्ट्र बैंकले पुनरकर्जाका लागि दिएको पैसा लैजान बैंकहरुले गाह्रो मानेका छन् । तर अब कर्जा बढ्दै जाँदा पुनरकर्जाको माग र प्रयोग पनि राम्रोसँग हुन्छ ।’

उनले यही आर्थिक वर्षमा प्रणालीमा रहको अधिक तरलता प्रयोगमा आउने दाबी गरेका छन् ।

‘अप्ठेरा परेकोमा ल्याएको सहुलियतमा कुन बैंक कति अगाडी बढे भन्ने कुरा हामी चैतपछि मुल्याङ्कन गछौं,’ उनले भने ।

आर्थिक पुनरुउत्थान कार्यविधि मंसिरमा मात्रै आएकोले दोस्रो त्रैमाससम्ममा कुन बैंकले कति योगदान दिए भन्ने प्रष्ट भइनसकेको उनको भनाइ छ । तर, चैतसम्म कस्तो योगदान दिए भन्ने प्रष्ट हुने भएकोले चैतसम्मको तथ्यांकका आधारमा राष्ट्र बैंकले मुल्याङ्कन गर्ने उनले जानकारी दिए ।

कोरोनापछिको आर्थिक पुनरुउत्थानको लागि गत वर्षको चौथौ त्रैमासमा ब्याजदरमा २ प्रतिशत छुटबाट ९ अर्ब रुपैयाँभन्दा बढीको योगदान भएको र हालसम्म ८१ अर्ब रुपैयाँ पुनरकर्जा स्वीकृत भएको उनले जानकारी दिए ।

‘हालसम्म ४१ हजार ऋणीलाई ८१ अर्ब पुनर्कर्जा स्वीकृत भएकोमा ३३ हजारभन्दा बढी १५ लाख रुपैयाँभन्दा कम ऋण लिने ऋणीले उपयोग गरेका छन्,’ उनले भने, ‘साना तथा मझौला व्यवसायीलाई बढी राहत पुगोस् भन्ने हाम्रो उद्देश्य हो ।’

प्रकाशित मिति : १५ पुस २०७७, बुधबार ००:००  ६ : १७ बजे

Motorable bridge constructed with investment of over Rs 131.2 million

KATHMANDU: Foreign Minister Dr Arzu Rana Deuba has congratulated her

Rs 60 million worth ginger sold in Triveni rural municipality

RUKUM PASCHIM: Triveni rural municipality of Rukum Paschim district has

Farmers struggle for fertilizer despite full warehouse in Siraha

KATHMANDU: Farmers in Siraha are facing difficulties in accessing chemical

Two teenage girls found dead in Achham

Two teenage girls, Saraswati Khadka (15) and Ishara Khadka (14),

Two arrested on charges of gangrape in Kailali

KATHMANDU: Two people have been arrested on charges of gang-raping