काठमाडौं । प्रभु क्यापिटल लिमिटेडले कर्मचारीहरुको क्षमता अभिबृद्धि गर्न तालिम दिएको छ ।
तालिममा क्यापिटलका प्रबन्ध निर्देशक दिनेश थकालीले क्यापिटलले हालसम्म गरेको उपलब्धि, आगामी दिनमा क्यापिटलले गरिने रणनीतिहरुको बारेमा सम्बोधनपश्चात् कर्मचारीहरुको मनोबलमा वृद्धि गरी उत्प्रेरणा प्रदान गर्दैै सेवाग्राहीहरुलाई गुणस्तरीय सेवा प्रदान गर्न अनुरोध गरे ।
त्यसैगरी, थकालीले इन्भेष्टमेण्ट बैकिङ्गको अवधारणालाई प्रकाश पार्दै आगामी दिनमा सोही बमोजिमको कार्यहरु गर्न कर्मचारीहरुलाई निर्देशन दिए ।
प्रतिक्रिया दिनुहोस्