विश्वकै लोकप्रिय बियर ‘बडवाइजर’ अबदेखि नेपालमै उत्पादन हुने, मूल्य कति ? « Eglish Khabarhub

विश्वकै लोकप्रिय बियर ‘बडवाइजर’ अबदेखि नेपालमै उत्पादन हुने, मूल्य कति ?


२१ पुस २०७७, मंगलबार ००:००  

पढ्न लाग्ने समय :[rt_reading_time] मिनेट


0
Shares
  • change font
  • change font
  • change font
  • [simplicity-save-for-later]

काठमाडौं । गत साता फुटवलका हस्ती लियोनल मेस्सी सबैभन्दा बढी गोल गर्ने खेलाडीका रूपमा आफ्नो नाम दर्ता गर्न सफल भए ।

ब्राजिलियन लेजेन्ड पेलेका नाममा रहेको ६४३ गोलको रकेर्ड ब्रेक गर्दै मेस्सीले ६४४ गोल गरेर इतिहासमा आफ्नो नाम लेखाउन सफल भए ।

मेस्सीको यो खुसीमा नाम जोडियो ‘बडवाइजर’ बियरको ।

अमेरिकी कम्पनीले उत्पादन गर्ने बडवाइजर बियरले मेस्सीको ऐतिहासिक खुसी साट्न प्रवर्द्धनात्मक अभियान चलायो ।

मेस्सीले आफ्नो खेल जीवनमा ६४४ गोल १६० जना गोलकिपर विरुद्ध गरेका थिए । कम्पनीले ६४४ गोल बराबरकै ६४४ वटा युनिक बोतल उत्पादन गरी ती सबै गोलकिपरलाई वडवाइजर बियर उपहारस्वरुप दिइएको थियो ।

हो, त्यही वियर अब नेपालमा पनि उत्पादन शुरु हुने भएको छ ।

जावलाखेल ग्रुप अफ इन्डस्ट्रीले उक्त बियरको उत्पादन शुरु गर्ने भएको हो । कम्पनीका कार्यकारी निर्देशक सशिन जोशीका अनुसार आगामी फागनुदेखि नेपालीहरुले पनि उक्त बियरको पिउन पाउने छन् । ४० वर्षदेखि नेपालमा मदिरा व्यवासयमा हात हालेका मदिरा किङकारुपमा चिनिने विजय कुमार शाहले बडवाइजरसँगै बियर बजारमा आफ्नो उपस्थिति बलियो बनाउन खोजेका छन् ।

हाल कम्पनीले जापानिज बियर ब्राण्ड फोस्टरका साथै नमस्ते बियर पनि उत्पादन र बिक्री गर्दै आएको छ भने विश्वप्रसिद्ध कोरोना बियरको बिक्री तथा वास्डाइनर बियर पनि उत्पादन गर्दै आएको छ ।

हाल नेपालको बियर बजारमा कम्पनीको ७ प्रतिशत हिस्सा छ । कम्पनीले बडवाइजरमार्फत् बियरमा भएको बजार हिस्सा बढाउने अपेक्षा गरेको देखिएको छ । हाल कम्पनीले उत्पादन गर्ने २ दर्जनभन्दा बढी ब्राण्डमध्ये रुस्लान भोड्का र गोल्डेन ओक ब्राण्ड सबैभन्दा चर्चित ब्राण्ड हुन् ।

कम्पनीको भैरहवामा राज ब्रुअरीमा सञ्चालनमा छ । त्यही संसरचनाको प्रयोग गरेर बडवाइजर बियर उत्पादन गरिने छ । त्यसका लागि ५० करोड रुपैयाँ थप लगानी गर्ने कार्यकारी निर्देशक जोशीले जानकारी दिए ।

‘बडवाइजरजस्तो संसारकै लोकप्रिय ब्राण्डलाई नेपाल भित्र्याउन पाउँदा हामी धेरै नै खुसी छौं,’ जोशीले क्लिकमाण्डूसँग भने, ‘अबको गर्मीमा नेपाली उपभोक्ताले यसको स्वाद चाख्न पाउने छन् ।’

विश्वको सबैभन्दा चर्चित बियर ब्राण्डमध्येको एक वास्टाइनर र कोरोना बियरसमेत उत्पादन र बिक्री गर्दै आएको कम्पनीले हाल विश्वको सबैभन्दा ठूलो बियर ब्राण्ड बडवाइजर उत्पादन गर्न गर्न लागेको हो ।

बडवाइजर विश्व बजारमा सबैभन्दा बढी बिक्री हुने बियर हो भने अमेरिकामा पनि सबैभन्दा बढी बिक्री हुने बियरमा सबैभन्दा अगाडि छ ।

सन् २०१९ मा मात्रै संसारभरी सबैभन्दा बढी ७५ करोड केस यो बियर बिक्री भएको थियो भने यो बियरको बजार संसारभरी ८० भन्दा बढी देशमा फैलिएको छ ।

सन् २०१८ मा विश्वमा कुल बियर बजारमा बडवाइजरको मात्रै ३० प्रतिशत हिस्सा थियो । कम्पनीले हेइनकेइन बियरसँग प्रतिष्पर्धा गर्नका लागि उत्पादन दोब्बर बनाएको थियो ।

कम्पनीले सन् २०१८ मा ५४.६२ अर्ब डलर र सन् २०१९ मा ५४ अर्ब ६४ करोड डलर आम्दानी गरेको थियो । त्यसैगरी सन् २०२० मा ३.४ प्रतिशतलेल बढेर ५६.५ अर्ब डलर पुगेको छ ।

बडवाइजरले सन् २०१२ मा अमेरिकामा ४४९ मिलियन डलर अर्थात् साढे ५२ अर्ब नेपाल रुपैयाँ बराबरको विज्ञापन मात्रै गरेको थियो । जुन तत्कालीन समयमा अमेरिकामा पेयर पदार्थहरुले विज्ञापनमा खर्च गरेको सबैभन्दा बढी तथा समग्र क्षेत्रमा तेस्रो ठूलो विज्ञापन थियो ।

फिल्टर्ड बियर बडवाइजरमा ३० प्रतिशत राइसका साथै होप फ्लावर र जौं समेत मिसाइएको छ भने बियरमा अल्कोहलको मात्रा ५ प्रतिशत छ । बियरमा राइस मिसाउने यो पहिलो बियर थियो । बियर बोतल र क्यानसँगै ड्राफ्टमा पनि उपलब्ध छ । जसले बियरलाई विशेष बनाएको थियो ।

भारतीय बजारमा ६५० एमएल बोतलको १७० रुपैयाँ भारु मूल्य पर्ने यो बियर नेपाली बजारमा ३५० रुपैयाँ आसपासमा उपलब्ध हुने कम्पनीले जानकारी दिएको छ ।

आजभन्दा १४५ वर्षअघि सन् १८७६ मा अमेरिकामा स्थापना भएको एनहाइजर बुस इनबेभ कम्पनीले यो बियरको उत्पादन गर्दछ । तत्कालीन समयमा यसलाई किङ अफ बियरका नामले चिनिन्थ्यो ।

स्टाटिस्टा डट कमका अनुसार यो बियर कम्पनीको बजार मूल्य सन् २०२० मा १४ हजार ६५४ बिलियन डलर अर्थात् १७ खर्ब रुपैयाँभन्दा बढी छ ।

बियर बजारमा खासै पकड जमाउन नसकेको जावलाखेल ग्रुप अफ इन्डस्ट्रीले बडवाइजर भित्र्याएसँगै बजार हिस्सा बढाउने अपेक्षा गरिएको छ ।

‘विश्वकै लोकप्रिय ब्राण्डले नेपालीहरुको मन जित्नेमा हामी विश्वस्त छौं,’ जोशीले भने । 

 

प्रकाशित मिति : २१ पुस २०७७, मंगलबार ००:००  ५ : ०२ बजे

Motorable bridge constructed with investment of over Rs 131.2 million

KATHMANDU: Foreign Minister Dr Arzu Rana Deuba has congratulated her

Rs 60 million worth ginger sold in Triveni rural municipality

RUKUM PASCHIM: Triveni rural municipality of Rukum Paschim district has

Farmers struggle for fertilizer despite full warehouse in Siraha

KATHMANDU: Farmers in Siraha are facing difficulties in accessing chemical

Two teenage girls found dead in Achham

Two teenage girls, Saraswati Khadka (15) and Ishara Khadka (14),

Two arrested on charges of gangrape in Kailali

KATHMANDU: Two people have been arrested on charges of gang-raping