‘टि प्लस टू’ कार्यान्वयन गर्न बोर्डले गर्यो विनियमावली संशोधन स्वीकृति « Eglish Khabarhub

‘टि प्लस टू’ कार्यान्वयन गर्न बोर्डले गर्यो विनियमावली संशोधन स्वीकृति



काठमाडौं । धितोपत्र बोर्डले ‘टि प्लस टू’ कार्यान्वयनमा ल्याउनको लागि धितोपत्र कारोवार राफसाफ तथा फछ्र्यौट विनियमावली-२०६९ संशोधन स्वीकृति गरेको छ ।

उक्त विषय कार्यान्वयनमा ल्याउन सिडिएस एण्ड क्लियरिङ्गले आफ्नो विनियममा भएको हालको ‘टि प्लस थ्रि’लाई ‘टि प्लस टू’ मा ल्याउने गरी संशोधन स्वीकृतिका लागि बोर्डमा पेश गरेको थियो । बोर्डको स्वीकृतपछि सिडिएससीले सार्वजनिक सूचना प्रकाशित गरी कार्यान्वयनमा ल्याउने छ ।

बोर्डका सह प्रवक्ता रुपेश केसीका अनुसार धितोपत्र कारोवारको राफसाफ तथा फछ्र्यौट चक्र घटाइ ‘टि प्लस टू’ कायम भएसँगै धितोपत्रको तरलतामा बृद्धि भई बजार थप गतिशील हुने तथा लगानीकर्तालाई थप लगानीको अवसर प्राप्त हुने छ ।

धितोपत्र बजारमा भइरहेको प्रविधिको बढ्दो प्रयोग तथा अन्तर्राष्ट्रिय अभ्यासलाई दृष्टिगत गरी बोर्डले धितोपत्र कारोवार राफसाफ तथा फछ्र्यौट प्रणाली ‘टि प्लस टू’ लाईमा गर्न बोर्डको आर्थिक वर्ष २०७७/७८ को नीति तथा कार्यक्रममा समेत यो विषय राखिएको थियो ।

Publish on: