सेयर ब्रोकर कम्पनीले नाफाको १% रकम सामाजिक उत्तरदायित्वमा खर्च गर्नुपर्ने « Eglish Khabarhub

सेयर ब्रोकर कम्पनीले नाफाको १% रकम सामाजिक उत्तरदायित्वमा खर्च गर्नुपर्ने



काठमाडौं । सेयर ब्रोकर कम्पनीहरुले अब नाफाको १ प्रतिशत रकम सामाजिक उत्तरदायित्वका लागि खर्च गर्नुपर्ने भएको छ ।

नेपाल धितोपत्र बोर्ड (सेबोन)ले केन्द्रीय निक्षेप कम्पनी, क्रेडिट रेटिङ संस्था, धितोपत्र दलाल तथा धितोपत्र व्यापारीहरुले आफ्नो खुद मुनाफाको कम्तीमा १ प्रतिशत रकम छुट्याइ संस्थागत सामाजिक उत्तरदायित्व सम्बन्धि कार्यमा खर्च गर्नुपर्ने व्यवस्था गरेको हो ।

सेबोनका अनुसार यस्तो खर्च लगानीकर्ता शिक्षा तथा सचेतना अभिवृद्धि कार्यमा खर्च गर्नुपर्ने व्यवस्था गरेको छ । बोर्डले यसरी गरिने खर्च सबै प्रदेशमा आवश्यकता अनुरुप खर्चको वितरण हुनुपर्ने व्यवस्था गरिएको जनाएको छ । मर्चेन्ट बैंकरका सन्दर्भमा संस्थागत सामाजिक उत्तरदायित्व सम्बन्धी व्यवस्था कार्यान्वयमा आइसकेको छ ।

बोर्डले धितोपत्र व्यवसायीको खुद मुनाफाबाट एक प्रतिशत रकम संस्थागत सामाजिक उत्तरदायित्व कोषमा छुट्याउने र प्रमुख रुपमा उक्त कोषमार्फत् लगानीकर्ताको ज्ञान तथा सचेतना अभिवृद्धि गर्ने कार्यका लागि आवश्यक बजेट व्यवस्था गर्ने उल्लेख छ । जसमा लगानीकर्ताका लागि धितोपत्र बजार सम्बन्धी शिक्षा तथा सचेतना अभिवृद्धि कार्यक्रम सञ्चालन हुने जसबाट लगानीकर्ताले सूमुचित निर्णय लिन सहयोग पुगी लगानीकर्ताको हित हुनुका साथै बजार विकास विस्तारमा समेत सहयोग पुग्ने बोर्डको विश्वास छ ।

Publish on: