काठमाडौं । प्रिमियर इन्स्योरेन्सले सेयरधनीहरुलाई लाभांश घोषणा गरेको छ ।
इन्स्योरेन्सले सेयरधनीहरुलाई आर्थिक वर्ष २०७६/०७७ को मुनाफाबाट ११.०५ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ ।
कम्पनीको पुस २७ गते बसेको सञ्चालक समितिको २९० औं बैठकले उक्त लाभांश दिने प्रस्ताव गरेको हो ।
उक्त प्रस्ताव बीमा समितिले स्वीकृत गरेर आगामी साधारण सभाले पारित गरेपछि लगानीकर्ताले पाउने छन् ।
SHARE YOUR THOUGHTS