वैदेशिक रोजगारबाट फर्किएर उद्यम गर्ने उद्यमीलाई पुरस्कार दिने « Eglish Khabarhub

वैदेशिक रोजगारबाट फर्किएर उद्यम गर्ने उद्यमीलाई पुरस्कार दिने



काठमाडौं । वैदेशिक रोजगारीबाट फर्किएर स्वदेशमा उद्यम गर्ने उद्यमीलाई राष्ट्रिय सम्मान तथा पुरस्कार दिने भएको छ । वैदेशिक रोजगारीबाट फर्किएर स्वदेशमा उत्पादन र रोजगारीमा योगदान गरिरहेका उद्यमीहरूलाई योगदानको कदरस्वरुप पुरस्कृत गरी स्वरोजगारीलाई प्रोत्साहन गर्ने उद्देश्यले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले पुरस्कार प्रदान गर्ने भएको हो ।

मन्त्रालयले प्रदान गरिने पुरस्कारका लागि योग्यता पुगेका नेपाली नागरिकले ‘विदेशमा काम गरी फर्केका उद्यमी राष्ट्रिय सम्मान तथा पुरस्कार व्यवस्थापन कार्यविधि, २०७६’ को अनुसूची–२ अनुसारको आवदेन फाराम भर्न आह्वान गरेको छ ।

मन्त्रालयले उक्त आवेदन आगामी माघको १९ गतेसम्ममा मन्त्रालयको रोजगार समन्वय तथा सूचना शाखामा दर्ता गराउन अनुरोध गरेको छ । साथै उक्त आवेदन स्क्यान गरी इमेल ठेगाना [email protected]  मा पठाउन आग्रह गरेको छ ।

यस्तो छ आवश्वक कागजात

मन्त्रालयले माग गरेको पुरस्कारको लागि नेपाली नागरिक, श्रमिक भिसामा विदेश गई कम्तिमा १ वर्ष काम गरी फर्किएको हुनुपर्ने र विगत ५ वर्ष भित्र मन्त्रालयबाट कुनै पनि यस प्रकारको पुरस्कार प्राप्त नगरेको हुनुपर्ने जनाएको छ ।

साथै, नेपाली नागरिकताको प्रतिलिपि, श्रम स्वीकृतिको प्रतिलिपि, भिसा सहितको राहदानीको प्रतिलिपि, व्यवसाय दर्ता प्रमाणपत्रको प्रतिलिपि, कर दर्ताको प्रमाणपत्रको प्रतिलिपि, आव २०७६/७७ को करचुक्ता प्रमाणपत्रको प्रतिलिपि र यसअघि पुरस्कार प्राप्त नगरेको स्वघोषण हुनुपर्ने मन्त्रालयलको सुचनामा उल्लेख गरेको छ ।

Publish on: