काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंकको साधारण सेयर (आईपीओ)मा माग भन्दा २.३९ गुणा बढी आवेदन परेको छ ।
निष्काशन सुरु भएको अन्तिम दिन मंगलबारसम्म १५ लाख २९ हजार ४६० जना आवेदकले १८ अर्ब १२ करोड ८६ लाख ७२ हजार रुपैयाँको १८ करोड १२ लाख ८६ हजार ७२० कित्ताको लागि आवेदन दिएका छन् ।
बैंकले गत शुक्रबारदेखि ८ अर्ब रुपैयाँको ८ करोड कित्ता आइपीओ निष्काशन गरेको थियो । उक्त आईपीओमा १ लाख ६० हजार कित्ता कर्मचारी, ४० लाख कित्ता सेयर सामूहिक लगानी कोषका लागि छुट्याइएको छ ।
बाँकी रहेको ७ करोड ५८ लाख ४० हजार कित्तामा सर्वसाधारणको लागि निष्काशन गरेको थियो । बैंकलाई इक्रा नेपालले ‘इक्राएनपी आइआर त्रिपल बी’ रेटिङ्ग दिएको छ ।
SHARE YOUR THOUGHTS