एनसीसी बैंकको ३५ लाख कित्ता सेयर विनोद चौधरीको परिवारले उठायो, नबिलले एक्वायर गर्दैछ ? « Eglish Khabarhub

एनसीसी बैंकको ३५ लाख कित्ता सेयर विनोद चौधरीको परिवारले उठायो, नबिलले एक्वायर गर्दैछ ?


१२ माघ २०७७, सोमबार ००:००  

पढ्न लाग्ने समय :[rt_reading_time] मिनेट


0
Shares
  • change font
  • change font
  • change font
  • [simplicity-save-for-later]

काठमाडौं । अर्बपति व्यवसायी विनोद चौधरीको परिवारले दोस्रो बजार (सेकेन्डरी मार्केट) बाट एनसीसी बैंकको ठूलो परिमाणको सेयर किनेका छन् ।

गत असोजदेखि माघ पहिलो सातासम्ममा चौधरीकी श्रीमती सारिका, छोराहरु निर्वाण, बरुण र भाई वसन्त चौधरीको नाममा गरी करिब ३५ लाख कित्ता सेयर किनेको देखिन्छ ।

सारिका चौधरीको नाममा मात्रै २५ लाख कित्ता, निर्वाण चौधरीको नाममा ७ लाख कित्ता गरी ३२ लाख कित्ता सेयर किनेको विवरण क्लिकमाण्डूलाई प्राप्त भएको छ । स्रोतका अनुसार बाँकी सेयर अर्का छोरा बरुण र भाई वसन्तको नाममा किनिएको छ ।

सारिकाले गत असोजदेखि माघ ६ गतेसम्म एनसीसी बैंकको ९ लाख ८२ हजार १३ कित्ता सेयर खरिद गरेको क्लिकमाण्डूलाई प्राप्त सेयर खरिद बिक्रीको विवरणले देखाएको छ । उनले उक्त सेयर ब्रोकर नम्बर ३९ सुमेरु सेक्युरिटीजबाट खरिद गरेको देखिन्छ ।

यसबाहेक सारिकाले ५८ नम्बर ब्रोकर नासा सेक्युरिटीजबाट एनसीसी बैंकको १५ लाख १७ हजार ९८७ कित्ता किनेकी छन् भने निवार्णले करिब ७ लाख कित्ता किनेका छन् ।

सोमबारको बजार मूल्यका आधारमा चौधरीको लगानी ८९ करोड ६० लाख रुपैयाँ बराबरको छ । चौधरीले एनसीसी बैंकको सेयर १८५ रुपैयाँदेखि ३०० रुपैयाँको हाराहारीका दरले किनेको देखिन्छ ।

चौधरी परिवारसँग अहिलेको बजार मूल्यका आधारमा एनसीसीको सवा अर्ब रुपैयाँभन्दा बढीको भएको देखिन्छ ।

नविलले एनसीसी एक्वायर गर्ने हल्ला

नविल बैंकमा चौधरी समूहको ५० प्रतिशतभन्दा बढी सेयर स्वामित्व छ । नविल बैंकमा यति धेरै सेयर स्वामित्व भएको चौधरी समूहका सदस्यहरुले ठूलो परिमाणमा एनसीसीको सेयर किनेसँगै नविलले एनसीसीलाई एक्वायर गर्न लागेको भन्ने धेरैको अनुमान छ ।

‘एनसीसीलाई एक्वायर गर्ने सोचका साथ चौधरी समूहले यो बैंकको सेयर किनेको हुनसक्छ,’ स्रोतले भन्यो, ‘ठूलो परिमाणमा सेयर किनेर एक्वायर गर्दा नविलमा आफ्नो स्वामित्व बढ्छ ।’

चौधरी ग्रुप नविल बैंकमा रहेको आफ्नो स्वामित्वलाई ठूलो असर नपर्ने गरी अर्को संस्था एक्वायर गर्न चाहन्छ ।

बिग मर्जरः नविल बैंकको निशानामा एनसीसी, एनबी र सिभिल बैंक

तर, १० करोड ३१ लाख कित्ता सेयर भएको एनसीसीको ३५ लाख कित्ता सेयर किन्दैमा त्यति ठूलो अर्थ रहला त ? भन्ने प्रश्न पनि छ ।

तर चौधरीले पहिलोपटक किन एनसीसी बैंकको सेयर किनिरहेका छन् ? भन्ने प्रश्नले पुँजी बजारमा तरङ्ग ल्याएको छ ।

स्रोतका अनुसार नबिल बैंकले एनसीसी बैंकलाई ३५ प्रतिशत स्वाप रेसियो हुनेगरी एक्वायर गर्ने प्रस्ताव गरेको छ । एनसीसीले स्वाप रेसियो ४० प्रतिशत मागेको छ ।

चौधरीले सेयर बिक्री गरे एक्वायर नहुने, बिक्री नगर्दा चाहिँ हुनसक्छ

चौधरीको प्रवेशसँगै एनसीसी बैंकको सेयर मूल्य उछालिएको छ ।

चौधरीले केही समय बजारमा एनसीसीको सेयर मूल्यमा उच्च वृद्धि भएपछि ‘बुक प्रोफिट’मा क्रमिकरुपमा सेयर बेचेर बाहिर निस्कने र नबिलले एनसीसीलाई मर्ज गर्दैन भन्ने सन्देश लगानीकर्तालाई दिन पनि सक्छन् । अझ बुक प्रोफिट गरेपछि थोरै मात्रामा सेयर बिक्री गरेर उक्त सन्देश दिन खोजेको हुनसक्छ ।

तर, ‘बुक प्रोफिट’ गरेर एनसीसीबाट चौधरी बाहिरिए भने बुझ्नुहोस् तत्कालै नबिल बैंकले एनसीसी बैंकलाई एक्वायर गर्दैन ।

यदि गर्यो भने आन्तरिक सूचनामाथि पहुँच पुर्याएर सेयर किनबेच गरी लाभ उठाएको (इन्साइडर ट्रेडिङ) गरेको आरोपमा चौधरीमाथि धितोपत्र बोर्डले आवश्यक छानविन गरी कारबाही गर्न सक्छ ।

जसकारण चौधरीले अहिले एनसीसी बैंकको सेयर बेचे भने कम्तीमा १ वर्ष नबिलले एनसीसीलाई एक्वायर गर्ने सम्भावना कम देखिन्छ ।

तर, बिक्री गरेनन् भने चाँडै नै एक्वायरको समझदारी हुनसक्ने संभावना पनि प्रवल छ ।

प्रकाशित मिति : १२ माघ २०७७, सोमबार ००:००  ७ : १६ बजे

Motorable bridge constructed with investment of over Rs 131.2 million

KATHMANDU: Foreign Minister Dr Arzu Rana Deuba has congratulated her

Rs 60 million worth ginger sold in Triveni rural municipality

RUKUM PASCHIM: Triveni rural municipality of Rukum Paschim district has

Farmers struggle for fertilizer despite full warehouse in Siraha

KATHMANDU: Farmers in Siraha are facing difficulties in accessing chemical

Two teenage girls found dead in Achham

Two teenage girls, Saraswati Khadka (15) and Ishara Khadka (14),

Two arrested on charges of gangrape in Kailali

KATHMANDU: Two people have been arrested on charges of gang-raping