२८ मंसिर २०८२, शनिबार

कर राजस्व सम्बन्धी गुनासा सम्वोधन गर्न महासंघमा इकाई स्थापना हुने

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी समितिका सदस्य सन्दिपकुमार अग्रवालको सभापतित्वमा गठन भएको कर तथा राजस्व समिति विस्तार भएको छ ।

समितिको सहपतिहरूमा महासंघको कार्यकारिणी समितिका सदस्यहरू सन्दिप अग्रवाल, गोविन्द ढुंगेल, पूर्व कारिणी समिति सदस्य कृष्ण प्रसाद दुलाल र लक्ष्मी ग्रुपका निर्देशक निरञ्जन श्रेष्ठ चुनिएका छन् ।

त्यसैगरी समितिका सदस्यहरूमा फ्रेट फरवार्डर एशोसिएशन अफ नेपालका प्रथम उपाध्यक्ष राजेन्द्र संग्रौला र नेपाल औषधि उत्पादक संघका निवर्तमान अध्यक्ष दिपक प्रसाद दाहाल चुनिएका छन् ।

त्यसैगरी समितिको आमन्त्रित सदस्यहरूमा महासंघको उद्योग समितिका सभापति भरतराज आचार्य, निर्यात प्रवद्र्धन समितिका सभापति मनिषलाल प्रधान, व्यापार समितिका सभापति विजयसिंह वैद्य, अन्तर्राष्ट्रिय लगानी प्रवद्र्धन समितिका सभापति आनन्दकुमार वगाडिया, बैक वित्तिय तथा विमा समितिका सभापति शाहिल अग्रवाल छन् ।

त्यस्तै, स्थल यातायात तथा पारवहन समितिका सभापति प्रकाश सिंह कार्की, कार्यकारिणी समितिका सदस्य गोपाल केडिया, हरि भण्डारी, नेपाल समुद्रपार निकासी पैठारी संघका विनोद सेठिया, नरेन्द्र गुप्ता, नेपाल भारत उद्योग वाणिज्य संघका सदस्य अभिमन्यु पोद्दार, नेपाल लिभर लिमिटेडका कार्यकारि अधिकृत, विकास अग्रवाल, गान्धी एण्ड एशोसिएटसका म्यानेजिङ एशोसिएट्स शिखर पण्डित र इम्पेरियल सेक्यूरिटिज कम्पनी प्रालिका प्रकाश तिवारी चुनिएका छन् ।

त्यस्तै एसआर पाण्डे एण्ड कम्पनीका एफसीए सुदर्शनराज पाण्डे, नेपालगंज उद्योग वाणिज्य संघका अध्यक्ष अब्दुल वाहिद मनसुरी, भंसार एजेन्ट महासंघका अध्यक्ष शान्ताराज शर्मा, सिद्धार्थनगर उद्योग वाणिज्य संघका अध्यक्ष कुल प्रसाद न्यौपाने चुनिएका छन् ।

त्यसैगरी, जनकपुर उद्योग वाणिज्य संघका अध्यक्ष ललितकुमार साह, मेची उद्योग वाणिज्य संघका कपिल क्षेत्री र नेपाल उद्योग वाणिज्य संघका उपाध्यक्ष राजेन्द्र शेरचना समितिका विशेष आमन्त्रित सदस्य हुनुहुन्छ भने समितिको सल्लाहकारहरूमा महासंघको कार्यकारिणी समितिका पूर्व सदस्य शैलेन्द्र गुरागाई, नेपाल पेय पदार्थ तथा चुरोट उद्योग संघका अध्यक्ष रमेश श्रेष्ठ छन् ।

त्यस्तै, अडिटर्स एसोसिएसन अफ नेपालका अध्यक्ष, एसोसिएसन अफ चार्टड एकाउन्टस अफ नेपालका अध्यक्ष आनन्दराज शर्मा वाग्ले, महासंघका कानुनी सल्लाहकार दिपक घिमिरे,अधिबक्ता रमश कुमार कर्ण, महासंघको कार्यकारिणी समितिका पूर्व सदस्य सुनिल गोपाल श्रेष्ठ छन् ।

महासंघका अध्यक्ष शेखर गोल्छाले समितिमा विभिन्न जिम्मेवारीमा चयन हुनु भएका सदस्यहरूलाई औपचारिक पत्र हस्तान्तरण गर्नुहुंदै उद्यमी व्यवसायीहरुका समस्या तथा कठिनाई पहिचान गरी निराकरणमा समितिले नेतृत्वदायी भूमिका निर्वाह गर्नेमा आफू विश्वस्त रहेको बताए ।

अध्यक्ष गोल्छाले समितिको जिम्मेवारी निकै गहन भएकाले समितिले हासिल गर्ने प्रगति वर्तमान कार्यकालको सफलतासंग समेत जोडिएकाले समितिले सोही अनुसार कार्य गर्नेमा आफू विश्वस्त रहेको बताउनुहुंदै महासंघ सचिवालयमा कर राजस्व सम्बन्धी समस्या एवं गुनासो संवोधन गर्न एक इकाई स्थापना गर्ने योजना रहेको पनि जानकारी गराए ।