यी हुन् धेरै महिला कर्मचारी राख्ने १० वाणिज्य बैंक, प्रभु बैंक पहिलो, कुनमा कति ? « Eglish Khabarhub

यी हुन् धेरै महिला कर्मचारी राख्ने १० वाणिज्य बैंक, प्रभु बैंक पहिलो, कुनमा कति ?


१४ माघ २०७७, बुधबार ००:००  

पढ्न लाग्ने समय :[rt_reading_time] मिनेट


0
Shares
  • change font
  • change font
  • change font
  • [simplicity-save-for-later]

काठमाडौं । हरेक क्षेत्रमा महिलाको ३३ प्रतिशत सहभागिता हुनु पर्ने व्यवस्था नेपालको संविधानले गरेको छ । सोहीअनुसार सरकारी तथा निजी क्षेत्रका अधिकांश संघ संस्थाहरुले समावेशीतामा कर्मचारी नियुक्त गरेका पाइन्छ ।

जागिरका लागि निजी क्षेत्रमा सबैभन्दा आकर्षण बैंकिङ क्षेत्रमा छ । जसमध्ये वाणिज्य बैंकमा जागिरे हुने व्यवस्थापन अध्ययन सकेका वा अध्ययन गरिरहेका युवा युवतीको हुन्छ । पछिल्लो समय बैंकिङ क्षेत्रमा महिलाको सहभागिता बढ्दो छ ।

बैंक तथा वित्तीय संस्थाभित्र पस्नसाथ काउन्टरमा तपाईंलाई सेवा दिन तैनाथ चिटिक्क परेका महिला कर्मचारीले तपाईंको स्वागत गर्छन् ।

सुन्दर र सफाचट युवतीको स्वागतले पक्कै पनि तपाईंको मन प्रफुल्लित बनाउँछ । पछिल्ला वर्षहरुमा बैंक जाँदा तपाईंलाई स्वागत गर्ने र सेवा दिने महिलाको बाक्लिँदै गएको अनुभूति पक्कै पनि गर्नुभएको होला ।

तथ्यांकले पहिल्ला वर्षहरुमा बैंकिङ क्षेत्रमा काम गर्ने महिलाको संख्या बढेको देखाउँछ । बैंकको जागिर सुरक्षित, भरपर्दो र आकर्षक तलबरभत्ता हुने भएकाले पनि युवतीहरुको आकर्षण बढ्दो छ ।

सञ्चालनमा रहेका २७ वाणिज्य बैंकमा गत असार मसान्तसम्म करार र कोर बैंकिङ गरी ४४ हजार ५ सय २ जना करार र कोर बैंकिङ कर्मचारी कार्यरत थिए । जसमा ३८.७१ प्रतिशत अर्थात् १७ हजार ३ सय जना महिला कर्मचारी रहेको नेपाल बैंकर्स संघले जानकारी दिएको छ । कुल कार्यरत कर्मचारीमा ६१.२९ प्रतिशत अर्थात् २७ हजार २ सय २ जना पुरुष कर्मचारीको संख्या छ

प्रभु बैंक र प्राइम बैंकमा कुल कर्मचारीको ५० प्रतिशतभन्दा बढी महिला कर्मचारी कार्यरत छन् ।

प्रभु बैंकमा २ हजार ४ सय कुल कर्मचारीमा ५३.७९ प्रतिशत अर्थात् १२ सय ९३ जना महिला कर्मचारी कार्यरत छन् । बैंकमा ४६.२१ प्रतिशत अर्थात् १ हजार १ सय ११ जना पुरुष कर्मचारी छन् ।

त्यसैगरी, प्राइम बैंकमा कुल २ हजार ४ सय ४ जवना कर्मचारी कार्यरत छन् । जसमा ५२.१५ प्रतिशत अर्थात् १ हजार ६७ जना महिला र ४७.८५ प्रतिशत अर्थात् ९ सय ७९ जना पुरुष कर्मचारी कार्यरत छन् ।

यसैगरी, बैंक अफ काठमाण्डूमा कुल १ हजार २८ जना कर्मचारी कार्यरत छन् । जसमा ४८.६४ प्रतिशत अर्थात् ५ सय जना महिला र ५१.३६ प्रतिशत अर्थात् ५ सय २८ जना पुरुष कर्मचारी कार्यरत छन् ।

त्यस्तै, नेपाल इन्भेटमेन्ट बैंकमा कुल १ हजार ८ सय ९४ जना कर्मचराी कार्यरत छन् । जसमा ४६.८३ प्रतिशत अर्थात् ८ सय ८७ जना महिला र ५३.१७ प्रतिशत अर्थात् १ हजार ७ जना पुरुष कर्मचारी कार्यरत छन् ।

स्ट्याण्र्डड चार्टर्ड बैंकमा ५४.५८ प्रतिशत अर्थात् २ सय ९२ जना पुरुष र ४५.४२ प्रतिशत अर्थात् २ सय ४३ जना महिला गरी ५ सय ३५ जना कर्मचारी कार्यरत छन् ।

मेगा बैंकमा ५७.१५ प्रतिशत अर्थात् १ हजार ४३ जना पुरुष र ४२.८५ प्रतिशत अर्थात् ७ सय ८२ जना महिला गरी १ हजार ८ सय २५ जना कर्मचारी कार्यरत छन् ।

माछापुच्छ्रे बैंकमा कुल १ हजार ४ सय ८६ जना कर्मचारी कार्यरत छन् । जसमा ५७.६० प्रतिशत अर्थात् ८ सय ५६ जना पुरुष र ४२.४० प्रतिशत अर्थात् ६ सय ३० जना महिला कर्मचारी कार्यरत छन् ।

एनआइसी एशिया बैंकमा कुल २ हजार ९ सय ८ जना कर्मचारी कार्यरत छन् । जसमा ५८.४९ प्रतिशत अर्थात् १ हजार ७ सय १ जना पुरुष र ४१.५१ प्रतिशत अर्थात् १ हजार २ सय ७ जना महिला कर्मचारी कार्यरत छन् ।

सिटिजन्स बैंकमा कुल १ हजार ४ सय ७३ जना कर्मचारी कार्यरत छन् । जसमा ५९ प्रतिशत अर्थात् ८ सय ६९ जना पुरुष र ४१ प्रतिशत अर्थात् ६ सय ४ जना महिला कर्मचारी कार्यरत छन् ।

साथै हिमालयन बैंकमा कुल १ हजार ५ जना कर्मचारी कार्यरत छन् । जसमा ५९ प्रतिशत अर्थात् ५ सय ९३ जना पुरुष र ४१ प्रतिशत अर्थात् ४ सय १२ जना महिला कर्मचारी कार्यरत छन् ।

प्रकाशित मिति : १४ माघ २०७७, बुधबार ००:००  २ : २३ बजे

Motorable bridge constructed with investment of over Rs 131.2 million

KATHMANDU: Foreign Minister Dr Arzu Rana Deuba has congratulated her

Rs 60 million worth ginger sold in Triveni rural municipality

RUKUM PASCHIM: Triveni rural municipality of Rukum Paschim district has

Farmers struggle for fertilizer despite full warehouse in Siraha

KATHMANDU: Farmers in Siraha are facing difficulties in accessing chemical

Two teenage girls found dead in Achham

Two teenage girls, Saraswati Khadka (15) and Ishara Khadka (14),

Two arrested on charges of gangrape in Kailali

KATHMANDU: Two people have been arrested on charges of gang-raping