काठमाडौं । कोभिड १९ ले यती एयरलाइन्सको व्यवसाय २० प्रतिशतले घट्ने प्रक्षेपण गरिएको छ । रेटिङ एजेन्सी केयर नेपालले गरेको रटिङमा गत वर्षको तुलनामा यति एयरलाइन्सको आम्दानी ७७ करोढले घट्ने देखिएको हो ।
यती एयरलाइन्सले आर्थिक वर्ष २०७५/७६ मा ३ अर्ब ४३ करोड रुपैयाँको व्यवसाय गरेको थियो । आर्थिक वर्ष २०७६/७७ मा २ अर्ब ६६ करोड रुपैयाँको व्यवसाय गरेको देखिएको छ ।
कोभिड १९ ले गर्दा यो वर्षको आम्दानी पनि अरु एयरलाइन्सजस्तै यतीको पनि घट्ने छ । यती एयरलाइन्सले राष्ट्र बैंकले दिएको सहुलियत अनुसार ऋणको पुर्नसंरचना गर्ने भएको छ ।
यती एयरलाइन्सले अहिले २ अर्ब ७६ करोड रुपैयाँ स्वदेशी मुद्रामा र विदेशी मुद्रामा भने ३ करोड ५४ लाख अमेरिकी डलर ऋणको लागि रेटिङ गराएको छ ।
अघिल्लो पटक रेटिङ गराउदा यतीले १ करोड ६८ लाख विदेशी मुद्रामा २ अर्ब ८४ करोड रुपैयाँ स्वदेशी मुद्राको रेटिङ गराएको थियो । यतीले अमेरिकी डलरमा लिएको ऋणको हिस्सा बढाएको देखिएको छ ।
आन्तरिक हवाई उडानमा यती एयरलाइन्स दोस्रो स्थानमा छ । यतीलाई रेटिङ ऐजेन्सी इक्रा नेपालले नेगेटिभ वाचलिष्टमा नै अझै राखेको छ ।
SHARE YOUR THOUGHTS