काठमाडौं । महिला लघुवित्त वित्तीय संस्थाले माघ २८ गतेदेखि सर्वसाधारण सेयर (आइपीओ)को विक्री खुला गर्ने भएको छ । कम्पनीले प्रतिकित्ता १ सय रुपैयाँका दरले ४ लाख कित्ता आइपीओ जारी गर्न लागेको हो ।
कम्पनीको जारी चुक्ता पुँजी १० करोड रुपैयाँको ४० प्रतिशतले हुन आउने ४ करोड रुपैयाँ बराबरको ४ लाख कित्ता सेयरमध्ये ०.५ प्रतिशत सेयर अर्थात ५ हजार कित्ता सयर कर्मचारी तथा ५ प्रतिशत अर्थात २० हजार कित्ता सेयर सामूहिक लगानीकोषका लागि सुरक्षित गरिएको छ । सर्वसाधरणले भने ३ लाख ७५ हजार कित्ताका लागि आवेदन दिन सक्नेछन् ।
संस्थाको आइपीओ माघ २८ गतेदेखि खुला भइ छिटोमा फागुन २ गते र ढिलोमा फागुन १२ गते बन्द हुनेछ ।
आइपीओमा न्यूनतम १० कित्तादेखि १ हजार कित्तासम्म आवेदन दिन पाइनेछ ।
SHARE YOUR THOUGHTS