काठमाडौं । एनआइसी एशिया बैंकले आफ्नो स्वामित्वको सेयर बिक्री सकेको छैन । बैंकले विभिन्न संस्थाहरुमा आफ्नो स्वामित्वमा रहेको सेयर लिलामीमा बिक्री गर्न सेयर मूल्य घटबढ गर्दैै पटक-पटक बोलपत्र आह्वान गरिरहेको छ ।
बैंकले पछिल्लो पटक आफ्नो स्वामित्वमा रहेका विभिन्न कम्पनीहरुको संस्थापक सेयर लिमामीमा बिक्री गर्न गोप्य शिलबन्दी बोलपत्र आह्वान प्राय दैनिक जसो गरिरहेको छ । जसमा केही संस्थापक सेयर बैंकले तोकेको मूल्यमा बिक्री हुन नसकेपछि मूल्य थपघट गरी पुन गोप्य शिलबन्दी बोलपत्र आह्वान गरेको हो ।
जसमा बैंकले नागरीक लगानी कोषमा रहेको आफ्नो स्वामित्वको संस्थापक सेयर पहिलो पटक आह्वान गर्दा तोकिएको मूल्यमा बिक्री नभएपछि पुनः सेयर मूल्य घटाएर बोलपत्र आह्वान गरेको छ ।
बैंकले गत माघ ८ गते नागरीक लगानीकोषमा रहेको २ लाख २ हजार ५ सय ६० कित्ता संस्थापक सेयर प्रतिकित्ता १ हजार ३ सय ८४ रुपैयाँ मूल्य तोकि लिलामीमा बिक्री गर्न बोलपत्र आह्वान गरेको थियो ।
सो मूल्यमा कोषको सेयर २० कित्तामात्र बिक्री भएपछि पुन बैंकले माघ २० गते २ सय ३९ रुपैयाँ मूल्य घटाएर १ लाख ८२ हजार ५ सय ६० कित्ता सेयर बिक्रीको लागि बोलपत्र आह्वान गरेको छ ।
यस्तै, बैंकले नेशनल लाइफ इन्स्योरेन्स र सुर्या लाइफ इन्स्योरेन्समा आफ्नो स्वामित्वको संस्थापक सेयर बिक्रीको लागि पुन बोलपत्र आह्वान माघ २० गते मंगलबार गरेको छ । यसअघि बैंकले माघ ८ गते नेशनल लाइफको प्रतिकित्ता ३ सय ६५ रुपैयाँ मूल्य तोकेर १ लाख ८५ हजार ६ ९४ कित्ता सेयर बिक्री गर्न बोलपत्र आह्वान गरेको थियो ।
बैंकले पुनः माघ २० गते १ लाख ७३ ८ सय ५५ कित्ता सेयर १४ रुपैयाँ मूल्य बढाएर बिक्री गर्न बोलपत्र आह्वान गरेको छ ।
साथै बैंकले सुर्या लाईफ इन्स्योरेन्समा आफ्नो स्वामित्वमा रहेको ९४ हजार ८ सय ६६ कित्ता सेयर प्रतिकित्ता ४ सय ८२ रुपैयाँ मूल्य तोकेर बोलपत्र आह्वान गरेको थियो ।
तर बैंकले पुन दोस्रो पटक माघ २० गते सुर्या लाईफको ९२ हजार २ सय ६६ कित्ता सेयर ४८ रुपैयाँ मूल्य बढाएर प्रतिकित्ता ५ सय ३० रुपैयाँमा बिक्री गर्न बोलपत्र आह्वान गरेको छ ।
बैंकले लिलामीमा पुनः बिक्री गर्न लागेको सेयर इच्छुक लगानीकर्ताले फागुन २६ गतेसम्म गोप्य शिलबन्दी बोलपत्र पेश गर्न सक्नेछन् ।
बैंकले लिलामीमा राखेको संस्थापक सेयर खरिदका लागि एनआइसी एसिया क्यापिटल बरमहल, एनआइसी एसिया बैंकको केन्द्रीय कार्यालय थापाथली र शाखा कार्यालयहरु विराटनगर, वीरगंज, पोखरा, बुटवल, धनगढी र सुर्खेतबाट आवेदन दिन सक्ने उल्लेख गरिएको छ ।
SHARE YOUR THOUGHTS