काठमाडौं । साताको पहिलो दिन आइतबार सेयर बजार ४८.७४ अंकले बढेर २५२४ पुगेको छ । यो दिन १ करोड ७७ लाख ३६ हजार ७३४ कित्ता सेयर १० अर्ब ४४ करोड रुपैयाँभन्दा बढीमा किनबेच भएको छ ।
आजको कारोबारमा बैंकिङ, विकास बैंक र म्युचुअल फन्ड बाहेकका उपसूचक बढेका छन् । जसमा सबैभन्दा बढी माइक्रोफाइनान्समा लगानीकर्ताको आकर्षण देखिएको छ ।
माइक्रोफाइनान्सको उपसूचक ७.७६ प्रतिशतले बढेको छ भने निर्जीवन बीमा कम्पनी, हाइड्रोपावर कम्पनीको उपसूचक पनि उल्लेख्यरुपमा बढेको छ ।
आजको कारोबारमा सारथी नेपाल लघुवित्त, निर्धान उत्थान लघुवित्त, मञ्जुश्री फाइनान्स, नागरिक लगानी कोष, आरएसडीसी लघुवित्त, गणपति माइक्रोफाइनान्स वित्तीय संस्था, मेरो माइक्रोफाइनान्स वित्तीय संस्था, डेप्रोक्स लघुवित्त वित्तीय संस्थाको सेयर १० प्रतिशतले सर्किट लागेको छ ।
आजको कारोबारमा १३२ कम्पनीको सेयर मूल्य बढ्दा ५० वटा कम्पनीको सेयर मूल्य घटेको छ भने २० वटा कम्पनीको सेयर मूल्य स्थिर छ ।
SHARE YOUR THOUGHTS