सेयर बजारमा उछाल कायमै, नेप्से परिसूचक ३७.४८ अंकले बढेर २५६१.४७ अंकमा « Eglish Khabarhub

सेयर बजारमा उछाल कायमै, नेप्से परिसूचक ३७.४८ अंकले बढेर २५६१.४७ अंकमा



काठमाडौं । सोमबार पनि सेयर बजारमा उछाल कायमै छ । नेप्से परिसूचक रेकर्ड ब्रेक गर्दै २५६१.४७ अंकमा पुगेको छ । सोमबारको कारोबारमा १० अर्ब ६१ करोड ९१ लाख ६३ हजार ८६९ रुपैयाँ बराबरको १ करोड ९३ लाख ३२ हजार ७२६ कित्ता सेयर किनबेच भएको छ ।

आजको कारोबारमा उपसूचकतर्फ बैंकिङ समूहमा उछाल देखिएको छ । कमर्सियल बैंकको उपसूचक ३.६५ प्रतिशतले वृद्धि हुँदा विकास बैंकको उपसूचक ३.४७ प्रतिशतले वृद्धि भएको छ । त्यसैगरी फाइनान्सको उपसूचक २.०१ प्रतिशत, होटल समूह १.३८ प्रतिशत र जीवन बीमा कम्पनीहरुको उपसूचक १.१३ प्रतिशतले बढेको छ ।

आजको कारोबारमा सबैभन्दा बढी कमाउने कम्पनीमा गरिमा विकास लघुवित्त, प्रभु बैंक, सनराइज बैंक, माछापुछ«े बैंक, छ्याङदी हाइड्रोपावर कम्पनी छन् भने सबैभन्दा धेरे गुमाउने कम्पनीमा हिमालय उर्जा विकास कम्पनी, उन्नती सहकार्य लघुवित्त, स्वाभिमान लघुवित्त, सिभिल लघुवित्त र लक्ष्मी लघुवित्त कम्पनी छन् ।

Publish on: