
७ दिनसम्म चल्ने मेलामा विभिन्न अनलाइन कार्यक्रम तथा प्रतियोगिताहरु चलिरहेको छ।
यो दौरानमा उपत्यकाभित्रका रेष्टुराँबाट खाना अर्डर गरे वापत ७० प्रतिशतसम्म छुट पाइने र इसेवा र फोनपेका माध्ययमबाट बिल तिर्दा ३० प्रतिशत क्यास ब्याक पाइने भोजको संस्थापक निकेत अग्रवालले बताए।
साथै कोका कोला, पठाओ सवारी, टु पिएम चाउचाउ र ब्लेन्डर (मिल्क सेक बार) बाट प्रत्येक अर्डरको साथ फ्रि-बिजहरू हुनेछन्।
चौथो संस्करणमा हुन लागेको अनलाइन खाना मेला
यसवर्ष अन्य अनलाइन फूड फेस्टिवलभन्दा राम्रो हुने भोजको दावी छ।
खाद्य संस्कृतिलाई अझ आर्कषक बनाउन र खानाका पारखीहरुलाई सेवा गर्न भोजले २०१७ सालमा पहिलो पटक अनलाइन खाना मेला शुरु गरेको थियो।
‘भोज’ खानाका पारखीका लागि लोकप्रिय मोबाइल एप हो। यस एपको माध्ययमबाट प्रयोगकर्ताहरुले खाना डेलिभरीका लागि अर्डर गर्न, निःशुल्क रेस्टुराँ डिलहरु लिन, समीक्षा पढ्न, मेनूहरू ब्राउज गर्न, भोजवालेटमा नगद कमाउन सक्दछन् भने भोजवालेटलाई रेष्टुराँमा पनि प्रयोग गर्न सक्दछन्।
हाल भोजले ५०० भन्दा बढी रेष्टुराँसँग पार्टनसिप गरेको छ जसमा झण्डै दुई लाख ५० हजार मानिसहरु आवद्ध छन्। एन्ड्रोइड र आइओएसमा यो एप खाना र पेय पदार्थमा नेपालकै उत्कृष्ट तीनमा परेको छ। त्यस्तै प्लेस्टोरमा यो एपलाई एक हजारभन्दा बढीले ४.५ रेटिङ दिएका छन्।
SHARE YOUR THOUGHTS