काठमाडौं । आइतबार ५१ अंकले घटेको नेप्से परिसूचक सोमबार १८ अंकले घटेर २३८९.१९ अंकमा सीमित भएको छ । यो दिन ११६ कम्पनीको सेयर मूल्य घट्दा ४६ कम्पनीको लगानीकर्ताले मात्रै कमाएका छन् । त्यसैगरी १४ वटा कम्पनीको सेयर मूल्य स्थिर छ ।
आज ९६ लाख ४ हजार ५२९ कित्ता सेयर ४ अर्ब २४ करोड ८ लाख २४ हजार ६६ रुपैयाँमा किनबेच भएको छ ।
उपसमूहतर्फ होटल तथा पर्यटनको उपसमूह ३.६९ प्रतिशतले बढेको छ । त्यसैगरी ट्रेडिङतर्फ १.४८ प्रतिशतले बढेको छ ।
आजको दिनमा सबैभन्दा बढी कमाउने कम्पनीमा चन्द्रागिरि हिल्स (९.९५ प्रतिशत) घलेम्दी हाइड्रो (९.४९), पञ्चकन्या माइ हाइड्रो (९.४७ प्रतिशत) आँखुखोला जलविद्युत कम्पनी (९.०३ प्रतिशत) र महुली सामूदायिक लघुवित्त (५.०८ प्रतिशतले बढेको छ ।
त्यसैगरी सबैभन्दा धेरै कारोबार हुने कम्पनीमा नेपाल इन्फ्रास्ट्रक्चर बैंकको ४३ करोड ६२ लाख रुपैयाँ, अपर तामाकोसीको २९ करोड ८३ लाख, नबिल बैंकको १८ करोड ७१ लाख, नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको १२ करोड ९० लाख र एनआइसी एसिया बैंकको १२ करोड ५७ लाख रुपैयाँको कारोबार भएको छ ।
त्यसैगरी सबैभन्दा बढी गुमाउने शीर्ष ५ कम्पनीमा हिमालयन पावर पार्टनर, सूर्योदय लघुवित्त, प्रुडेन्सियल इन्स्योरेन्स, अरुण भ्याली हाइड्रोपावर र गुँरास लघुवित्त कम्पनी छन् ।
SHARE YOUR THOUGHTS