‘उनेल्मा पे’सहित अवैधरुपमा सञ्चालनमा आएका भुक्तानी सेवा प्रदायकलाई राष्ट्र बैंकले कारवाही गर्दै « Eglish Khabarhub

‘उनेल्मा पे’सहित अवैधरुपमा सञ्चालनमा आएका भुक्तानी सेवा प्रदायकलाई राष्ट्र बैंकले कारवाही गर्दै



काठमाडौं । नेपाल राष्ट्र बैंकले अवैधरुपमा सञ्चालनमा आएका भुक्तानी सेवा प्रदायक कम्पनीहरुको कारोबार बन्द गराउने भएको छ । राष्ट्र बैंकबाट अनुमति नै नलिइ केही कम्पनीहरुले अनलाईन पेमेन्ट प्लेटफर्म सञ्चालन गरेको भन्दै यस्ता कम्पनीहरुबाट कारोबार नगर्न सबैमा सुचित गरेको हो ।

अनुमति नै नलिइ विद्युतीय भुक्तानी सम्बन्धी कारोबार गर्ने कम्पनीलाई आवश्यक छानबिन गरी ऐन अनुसार कानुनी कारवाहीको दायरामा ल्याउने राष्ट्र बैंक भुक्तानी प्रणाली विभागका कार्यकारी निर्देशक भुवन कडेँलले बताए । कानुन विपरित सञ्चालनमा आएका कम्पनीहरु पत्ता लगाएर चाँडै बन्द गराउने उनको भनाइ छ । विभिन्न फोरमका छलफलमा उनेल्मा पेलगायतका अन्य सेवाप्रदायक कम्पनीहरू पनि अनुमति बिना सञ्चालनमा आएको कुरा उठान भएको छ त्यस्ता कम्पनीहरुलाई कानून बमोजिम कारबाही हुने कँडेलले बताए । उनले त्यस्ता कम्पनीको नामसहित प्रहरीलाई पत्राचार समेत गरिने बताए ।

भुक्तानी सेवा प्रदायक ‘उनेल्मा पे’को अवैध धन्दा: राष्ट्र बैंकबाट अनुमतिबिनै १ वर्षदेखि सञ्चालनमा

केन्द्रीय बैंकले आइतबार एक सुचना जारी गर्दै राष्ट्र बैंकबाट अनुमति प्राप्त भुक्तानी सेवा प्रदायक कम्पनीबाट मात्र विद्युतीय भुक्तानी सम्बन्धी कार्य गर्न भनेको छ । जसमा राष्ट्र बैंकबाट अनुमति प्राप्त १० वटा भुक्तानी प्रणाली कम्पनी र २३ वटा भुक्तानी सेवा प्रदायक कम्पनीको नामावली समेत सार्वजनिक गरिएको छ ।

केही कम्पनीले राष्ट्र बैंकबाट अनुमति नै नलिई अनलाईन पेमेन्ट प्लेटफर्म सञ्चालन गर्ने तथा टपअप सर्भिस, युुटिलिटी अनलाईन पेमेन्ट, प्रोटेक्ट प्रचेच लगायतका भुक्तानी कार्य गरिरहेको जानकारी आएको हुँदा सो सुचना जारी गरिएको कँडेलले बताए ।

Publish on: