लन्डन स्टक एक्सचेञ्जमा बण्ड जारी गर्ने विषयमा निफ्रासँग नेप्सेले माग्यो स्पष्टिकरण « Eglish Khabarhub

लन्डन स्टक एक्सचेञ्जमा बण्ड जारी गर्ने विषयमा निफ्रासँग नेप्सेले माग्यो स्पष्टिकरण



काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा) सँग स्पष्टिकरण माग गरेको छ । निफ्राले ३० मिलियन डलर बराबरको बण्ड ल्याउने, लन्डन स्टक एक्सचेञ्जमा सूचीकृत भन्ने समाचार एक अनलाईन प्रत्रिकामा प्रकाशित भएको थियो ।

यसमा विषयमा नेप्सेको चैत ३ गतेको निर्णयअनुसार निफ्रासँग स्पष्टिकरण माग गरिएको हो । निफ्राले यो पत्र प्राप्त गरेको ३ दिन भित्र लन्डन स्टक एक्सचेञ्नमा जारी गर्ने बण्डको विषयमा स्पष्टिकरण दिनु पर्ने नेप्सेको पत्रमा उल्लेख छ ।

नेप्सले उक्त समाचार सम्बन्धमा सत्य तथ्य के कसो भएको भनेर स्पष्टिकरण पेश गर्न भनेको छ ।

‘चालु आर्थिक वर्ष भित्रमानै ८.५ प्रतिशतको ब्याज तोकी त्यस कम्पनीनले बण्ड जारी गर्ने र सो लन्डन स्टक एक्सचेञ्जमा सूचीकृत हुने समाचार के कति मात्रामा सत्य हो । निफ्राले राणनिितक साझेदर भित्राउने विषयमाकोसँग के कस्तो छलफल भएको हो ।

त्यस कम्पनीले बैंक तथा वित्तिय संस्थाका लागि पनि बण्ड जारी गर्ने भन्ने समाचार कति मात्रमा सत्य हो÷ होइन ।

इन्स्योरेन्स कम्पनीहरुले खरिद गर्ने भनिएको इन्स्योरेन्स बण्डका सम्बन्मा के कति मात्रमा कस्तो छलफल अघि बढाइएको हो । कम्पनीलको मुनाफाबाट १० प्रतिशत लाभांश वितरण गर्ने जस्ता धितोपत्रको मुल्यमा प्रभाव पर्ने संवेदनशिल सूचना तथा जानकारी सम्बन्धित नियायमा जानकारी गराउन नआउँदै के कति कारणले यस्तो प्रचार गरिएको हो’, नेप्सेको पत्रमा लेखिएको छ ।

यो पत्रको बोधार्थ नेपाल धितोपत्र बोर्डृ, खुमलटार, ललितपुर र प्रमुख कार्यकारी अधिकृत सचिवालय नेप्सेमा पनि बुझाइएको छ ।

Publish on: