२९ मंसिर २०८२, आइतबार

नेप्सेमा ४३ अंकको सुधार, हाइड्रोपावरका लगानीकर्ताले गुमाए

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोवार मापक नेप्से परिसूचक बिहिबार ४२.९५ अंकले बढेको छ । बिहिबारको कारोवारपछि नेप्से २ हजार ४७५.०९ मा पुगेको छ ।

यस्तै, ठूला कम्पनीको सेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ५.५५ ले उकालो लागेर ४४४.१५ मा पुगेको छ ।

कूल २१३ कम्पनीको १ करोड १६ लाख ५७ हजार ९७५ कित्ता सेयर ४ अर्ब ६६ करोड १७ लाख ९२ हजार १८७ मूल्यमा खरिद बिक्री भए ।

कारोवार भएका १३ उपसमूह मध्ये व्यापार उपसमूहको मात्रै सेयर मूल्य ओरालो लाग्यो ।

सो उपसमूह ३९.६ अंकले ओरालो लाग्दा बैंकिङ २६.११, होटल तथा पर्यटन ११२.८८, विकास बैंक २४.३७, जलविद्युत् ३.१५, वित्त १४.१५, निर्जिवन बीमा १९१.०८, उत्पादन १६२.१३, अन्य ४१.१३, लघुवित्त १०२.१३, जीवन बीमा ४१५.४७, सामूहिक लगानी कोष ०.०६, लगानी १.९५ अंकले बढेकोे छ ।

कारोवारका आधारमा नेपाल बंगलादेश बैंक शीर्ष स्थानमा रहेको छ । सो बैंकको ७७ करोड ३ लाख १८ हजार ७९० बराबरको कारोवार भयो ।

यस्तै, नेपाल पूर्वाधार बैंक २१ करोड ६६ लाख ९५ हजार २७८, नेपाल लाइफ इन्स्योरेन्स १३ करोड ४४ लाख ९५ हजार ८६६, नेपाल पुनरबीमा कम्पनी १२ करोड ३६ लाख ५६ हजार १६६ र माथिल्लो तामाकोशी १२ करोड १२ लाख ८३ हजार १७७ बराबरको कारोवार भयो ।

नेप्सेका अनुसार युनाइटेड इदी मर्दी हाइड्रोपावर र ग्रीन लाइफ हाइड्रोपावरका लगानीकर्ताले समान १० प्रतिशतले कमाए । यस्तै, चन्द्रागिरी हिल्स ९.९६, नेपाल बंगलादेश बैंक ९.७५ र शिव श्री हाइड्रोपावरका लगानीकर्ताले ७.०३ प्रतिशतले कमाए ।

त्यस्तै, जोशी हाइड्रोपावर ६.८५, आँखु खोला हाइड्रोपावर ६.३३, दिव्यश्वरी हाइड्रोपावर ५.३४ , खानीखोला हाइड्रोपावर ५ र रैराङ हाइड्रोपावरका लगानीकर्ताले ४.५५ प्रतिशतले गुमाए ।