राजधानीकै सडकको कन्तबिजोगः ६ वर्षसम्म बनेनन्, कुन सडकको अवस्था के छ ? « Eglish Khabarhub

राजधानीकै सडकको कन्तबिजोगः ६ वर्षसम्म बनेनन्, कुन सडकको अवस्था के छ ?


६ चैत्र २०७७, शुक्रबार ००:००  

पढ्न लाग्ने समय :[rt_reading_time] मिनेट


0
Shares
  • change font
  • change font
  • change font
  • [simplicity-save-for-later]

काठमाडौं । राजधानी काठमाडौं उपत्यकाभित्र सडक विस्तार गर्न ठेक्का लगाइएको वर्षौ दिन वित्दा पनि निर्माण कार्य सकिएको छ । सरकारले काठमाडौंका साँघुरा सडकलाई ४ लेनमा विस्तार गर्ने योजना अनुरुप ६ वर्षअघि ठेक्का लगाएको हो ।

ठेक्का लागेको आधा दशकभन्दा धेरै समय व्यतित हुँदा पनि सडकको अवस्था जीर्ण छ । आर्थिक वर्ष २०७१/७२ देखि उपत्यकाका ९ स्थानमा फराकिलो सडक बनाउने भन्दै ठेक्का लगाइएको हो ।

नयाँ सडक निर्माण गर्न पुरानो सडक भत्काइएको छ । कच्ची सडकका कारण आमनागरिक वर्खामा हिलो र सुख्खा याममा धुलो मैलो हुँदै कष्टपूर्वक यात्रा गर्न बाध्य छन् । सरकारले साइट क्लियर नगरी ठेक्का लगाउँदा समयमै सडक निर्माण हुन नसकेको सडक विभागका अधिकारी स्वीकार गर्छन् ।

स्थानीयले घर तथा जग्गाको मुआब्जा माग गर्दै अवरोध गरेले निर्माण कार्यअघि बढाउन कठिन भएको सडक उपत्यका सडक विस्तार अयोजनाका सूचना अधिकारी अशोककुमार यादवले बताए ।

केही स्थानमा मन्त्रिपरिषदले उपलब्ध चौडाईमा निर्माण कार्यअघि बढाउन स्वीकृत दिएको छ । मन्त्रिपरिषदको निर्णयको प्रभावस्वरुप विगतका वर्षभन्दा यस वर्षदेखि निर्माण कार्यले तीब्र पाएको यादवको दाबी छ । चालु आर्थिक वर्षभित्रमा धेरै सडक निर्माण सम्पन्न गर्ने लक्ष्यका साथ काम भइरहेको उनको भनाइ छ ।

यी हुन् समयमै निर्माण नभएका सडक

त्रिपुरेश्वर-कलंकी-नागढुंगा

त्रिपुरेश्वर-कलंकी-नागढुंगा सडकको लम्बाई ९.१ किलो मिटर छ । यो सडक ४ लेनमा विस्तार गर्न भनेर २०७२ असार ३१ गते तीन वटा प्याकेजमा १ अर्ब ९ लाख ६१ हजारमा ठेक्का लगाइएको हो । ९२ करोड ८ लाख रुपैयाँ भुक्तानी भएको छ । यो सडकको हालसम्मको भौतिक प्रगति ९२.३३ प्रतिशत रहेको छ ।

शर्मा/शैलुङ/कान्छाराम जेभीले २९ करोड ५५ लाख ३२ हजार रुपैयाँमा ३ किलोमिटर सडकको ठेक्का प्राप्त गरेको छ । निर्माण व्यवसयाली २६ करोड ६६ लाख ६३ हजार रुपैयाँ भुक्तानी प्राप्त गरेर ९१ प्रतिशत भौतिक प्रगति हासिल गरेको छ ।

शर्मा/शैलुङ/साप जेभी २८ करोड ७९ लाख ९७ हजार रुपैयाँमा ३ किलोमिटर सडकको ठेक्का पाएको छ । निर्माण व्यवसायीले २५ करोड ६४ लाख ७२ हजार रुपैयाँ भुक्तानी प्राप्त गरेर ९० प्रतिशत भौतिक प्रगति हासिल गरेको छ ।

शर्मा/शैलुङ/कान्छाराम जेभीले ४१ करोड ७४ लाख ३२ हजार रुपैयाँमा ३.१ किमीको ठेक्का पाएको छ । निर्माण व्यवसायीले ३९ करोड ७६ लाख ६५ हजार रुपैयाँ भुक्तानी प्राप्त गरेर ९६ प्रतिशत भौतिक प्रगति हासिल गरेको छ । यो सडक विस्तार गर्नुपर्ने म्याद २०७६ चैत ३० गते सकिएको छ ।

अयोजनाका अनुासार ठेक्का म्याद थपको प्रक्रियामा रहेको छ । म्याद थप भइसकेपछि निर्माण व्यवसायीले सडक मर्मत संभार गरेर अयोजनालाई चालु आर्थिक वर्षभित्रै हस्तान्तरण गर्ने ओजनाले जानकारी दिएको छ ।

चावहिल-जोरपाटी-वागमती-साँखु

चावहिल-जोरपाटी-वागमती-साँखु सडक सडकको लम्बाई ११.४६ किलोमिटर छ । यो सडक चार लेनमा विस्तार गर्न २०७२ असोज १३ गते ४ वटा प्याकेजमा एक अर्ब ५६ करोड ३९ लाख ६७ हजारमा ठेक्का लगाइएको हो । १ अर्ब १३ करोड ७९ लाख ६० हजार रुपैयाँ भुक्तानी भएको छ । यो सडकको हालसम्मको भौतिक प्रगति ७२ प्रतिशत छ ।

यूनाइटेड विल्डर्स एण्ड इन्जिनियर्स प्रालि ३७ करोड ५३ लाख २५ हजार रुपैयाँमा ३.६ किमी सडकको ठेक्का पाएको छ । निर्माण व्यवसायीले २८ करोड ४४ लाख ९० हजार भुक्तानी प्राप्त गरेर ८० प्रतिशत भौतिक प्रगति हासिल गरेको छ । २०७६ चैत ३० गते ठेक्का सम्झौता सकिएको छ ।

बज्रगुरु/च्याङमिला/खानी जेभीले ३६ करोड ४० हजार रुपैयाँमा २.४ किलोमिटरको ठेक्का पाएको छ । निर्माण व्यवसायीले २३ करोड ८ लाख ९८ हजार रुपैयाँ भुक्तानी प्राप्त गरेर ७० प्रतिशत भौतिक प्रगति हासिल गरेको छ । २०७७ असार ३० गते ठेक्का सम्झौता सकिएको छ ।

बज्रगुरु/विरुवा/खानी जेभीले ५० करोड ७१ लाख ४४ हजार रुपैयाँमा ३ किलोमिटरको ठेक्का प्राप्त गरेको छ । निर्माण व्यवसायीले २६ करोड ३३ लाख ९४ हजार रुपैयाँ भुक्तानी प्राप्त गरेर ७० प्रतिशत भौतिक प्रगति हासिल गरेको छ । २०७७ असार ३० गते ठेक्का सम्झौता सकिएको छ ।

बीटी/सुनकोशी/वल्र्डवाइड जेभीले ३२ करोड १४ लाख ५० हजार रुपैयाँमा २.४६ किलोमिटरको ठेक्का प्राप्त गरेको छ । निर्माण व्यवसायीले १९ करोड २९ लाख ३५ हजार रुपैयाँ भुक्तानी प्राप्त गरेर ७० प्रतिशत भौतिक प्रगति हासिल गरेको छ । २०७७ पुस ९ गते ठेक्का सम्झौता सकिएको छ ।

आयोजनाका अनुसार यी सडकको ठेक्काको म्याद थपको प्रक्रियामा रहेको छ । मन्त्रिपरिषदको निर्णय अनुसार उपलब्ध चौडाईमा निर्माण कार्य भइरहेको छ ।

इमाडोल-सिद्धिपुर-गोदावरी खोला-लुभु-लामाटार सडक

इमाडोल-सिद्धिपुर-गोदावरी खोला-लुभु-लामाटार सडक ३ वटा प्याकेजमा ९३ करोड २ लाख ६५ हजार रुपैयाँमा ठेक्का लागेको छ । ७० करोड ६ लाख ३५ हजार रुपैयाँ भुक्तानी भएको छ । यो सडकको हालसम्मको भौतिक प्रगति ८३.३३ प्रतिशत छ ।

डाँफे/समानान्तर जेभीले २७ करोड २ लाख ८८ हजार रुपैयाँमा ३.१२६ किलोमिटर सडकको ठेक्का प्राप्त गरेको छ । निर्माण व्यवसायीले १७ करोड १७ लाख ७० हजार रुपैयाँ भुक्तानी प्राप्त गरे ७५ प्रतिशत भौतिक प्रगति छ । शुरुवाती ठेक्का सम्झौता २०७३ जेष्ठ २६ गते भएको र २०७७ जेष्ठ २० गते ठेक्का सम्झौता सकिएको छ ।

आशिष/सीएम/ड्रागन जेभीले ११ करोड ४८ लाख ९० हजार रुपैयाँमा विस्तारको जिम्मा प्राप्त गरेको छ । । निर्माण व्यवसायीले १० करोड ५९ लाख ४२ हजार रुपैयाँ भुक्तानी प्राप्त गरेर ९५ प्रतिशत भौतिक प्रगति हासिल गरेको छ । शुरुवाती ठेक्का २०७४ असार ३० गते भएको र २०७६ चैत २९ गते ठेक्का सकिएको छ ।

लामा/समानान्तर जेभीले ठेक्का ५४ करोड ५० लाख ८७ हजार रुपैयाँमा ४.०८९ किमी सडकको ठेक्का प्राप्त गरेको छ । निर्माण व्यवसायीले १० करोड ५९ लाख ४२ हजार रुपैयाँ भुक्तानी प्राप्त गरेर ९५ प्रतिशत भौतिक प्रगति हासिल गरेको छ । शुरुवाती ठेक्का २०७४ असार ३० गते भएको र २०७७ पुस २८ गते ठेक्का सकिएको छ ।

आयोजनाका अनुसार स्थानिय वासिन्दाहरुको घर जग्गाको मुआब्जा/क्षतिपुर्ति मागगरी घर टहरा भत्काउन दिएका छैनन् । साथै विद्युतका पोल हटाउन र रुखहरु काट्न नसकिएकाले कार्य प्रगतिमा बाधा उत्पन्न भएको छ । मन्त्रिपरिषदको निर्णयअनुसार उपलब्ध चौडाईमा निर्माण कार्य भइरहेको आयोजनाले जानकारी दिएको छ ।

ढोलाहिटी-सुनकोठी-चापागाउँ-प्याङ्गाउँ-लेले-तिलेश्वर हुँदै सरस्वतीकुण्ड सडक

ढोलाहिटी-सुनकोठी-चापागाउँ-प्याङ्गाउँ-लेले-तिलेश्वर हुँदै सरस्वतीकुण्ड सडक ३ वटा प्याकेजमा १ अर्ब ८ करोड ७९ लाख ३३ हजार रुपैयाँमा ९ किलोमिटर सडकको ठेक्का लगाइएको छ । ४१ करोड ९५ लाख १२ हजार रुपैयाँ भुक्तानी हुँदा भौतिक प्रगति ५६.६६ प्रतिशत छ ।

दिवा/शैलुङ जेभीले २३ करोड ३१ लाख ४६ हजार रुपैयाँमा ३.२ किलोमिटरस डकको ठेक्का प्राप्त गरेको छ । निर्माण व्यवसायीले ३ करोड ६८ लाख ३२ हजार रुपैयाँ भुक्तानी प्राप्त गरेर ५५ प्रतिशत भौतिक प्रगति हासिल गरेको छ । शुरुवाती ठेक्का सम्झौता २०७३ जेष्ठ २६ गते भएको र २०७७ असार ३० गते ठेक्का सम्झौता सकिएको छ ।

पप्पु/महालक्ष्मी/वल्र्डवाईड जेभीले ४५ करोड ३८ लाख ५८ हजार रुपैयाँमा २.७ किलोमिटरको ठेक्का प्राप्त गरेको छ । निर्माण व्यवसायीले १८ करोड ३ लाख २० हजार रुपैयाँ भुक्तानी प्राप्त गरेर ५५ प्रतिशत भौतिक प्रगति छ । । शुरुवाती ठेक्का २०७४ साउन ११ गते भएको र २०७७ फागुन १० गते ठेक्का सम्झौता सकिएको छ ।

पप्पु/महालक्ष्मी/वल्र्डवाईड जेभीले ४० करोड ९ लाख २९ हजार रुपैयाँमा ३.११ किमी सडकको ठेक्का प्राप्त गरेको छ । निर्माण व्यवसायीले २० करोड २३ लाख ६० हजार रुपैयाँ भुक्तानी प्राप्त गरेर ६० प्रतिशत भौतिक प्रगति छ । शुरुवाती ठेक्का सम्झौता २०७४ साउन ११ गते भएको र २०७७ पुस १० गते ठेक्का सम्झौता सकिएको छ ।

। उक्त सडकको शुरु चेनेजमा १७.२० मिटर चौडाईमा सडक निर्माण भएका छ । हालको २० मिटरको सट्टा १७.२० मिटर नै गर्ने मागगरि काम गर्न स्थानीय वासिन्दाबाट अवरोध रहिरहेकोमा सोही अनुसार गर्न सम्बन्धित नगरपालिकाबाट समेत पत्राचार भएतापनि मापदण्ड घटाई निर्माण गर्न नसकिएको आयोजनाले जानकारी दिएको छ ।

सर्वोच्च अदालतको स्टे अडरको कारण घर हटाउन नसकिएको छैन । घर टहरा हटाई कार्य शुरु गर्ने प्रयास गर्दा स्थानीयबाट संगठित रुपमा अवरोध सृजना गरेको हुँदा कार्य अगाडि बढ्न नसकेको हो । मन्त्रिपरिषदको निर्णयअनुसार उपलब्ध चौडाईमा निर्माण कार्य भइरहेको छ ।

कर्मशाना खोला-हरिसिद्धि-गोदावरी कुण्ड सडक

कर्मशाना खोला-हरिसिद्धि-गोदावरी कुण्ड सडक दुई वटा प्याकेजमा ६७ करोड १६ लाख ४९ हजार रुपैयाँमा ७.६ किमीमा विस्तार गर्नेगरी ठेक्का लागेको छ । २० करोड ४६ लाख ४५ हजार रुपैयाँ भुक्तानी हुँदा ५० प्रतिशत भौतिक प्रगति छ ।

आशिष/सीएम जेभीले २९ करोड ९ लाख ७१ हजार रुपैयाँमा ४.१५० किमी सडकको ठेक्का प्राप्त गरेको छ । निर्माण व्यवसायीले ३ करोड ९१ लाख ९७ हजार रुपैयाँ भुक्तानी प्राप्त गरेर ४५ प्रतिशत भौतिक प्रगति छ । शुरुवाती ठेक्का सम्झौता २०७३ असार ३ गते भएको र २०७७ माघ ७ गते ठेक्का सम्झौता सकिएको छ ।

लामा/समानान्तर जेभीले ३८ करोड ६ लाख ७८ हजार रुपैयाँमा ३.४५० किमीको ठेक्का प्राप्त गरेको छ । निर्माण व्यवसायीले १६ करोड ७४ लाख ४८ हजार रुपैयाँ भुक्तानी प्राप्त गरेर ५५ प्रतिशत भौतिक प्रगति छ । शुरुवाती ठेक्का सम्झौता २०७४ असार ३० गते भएको र २०७७ कातिक ३० गते ठेक्का सम्झौता सकिएको छ ।

आयोजनाका अनुसार सर्वोच्च अदालतको स्टे अडरको कारण १२० घर हटाउन सकिएको छैन । घर जग्गा दुवैको क्षतिपूर्ति÷मुआब्जा गरेर स्थानियले काम शुरु गर्न नदिएको आयोजनाको आरोप छ ।

घर टहरा हटाई कार्य शुरु गर्ने प्रयास गर्दा स्थानीयबाट संगठित रुपमा अवरोध सृजना गरेको हुँदा कार्य अगाडि बढ्न सकेको छैन । उपलब्ध चौडाईमा निर्माण अघि बढाउन मन्त्रिपरिषद्मा सिफारिसका लागि आयोजनाले फाइल पठाएको अवस्था छ ।

जोरपाटी-सुन्दरीजल सडक

जोरपाटी-सुन्दरीजल सडक दुई प्याकेजमा ७ किलोमिटर सडक विस्तार खण्ड हुँदैछ । यो दुवै प्याकेजटको ठेक्का आशिष÷सीएम जेभीले ५९ करोड १८ लाख ४३ हजार रुपैयाँमा प्राप्त गरेको छ । १९ करोड ७८ लाख ५९ हजार रुपैयाँ भुक्तानी हुँदा ५० प्रतिशत भौतिक प्रगति छ । शुरुवाती ठेक्का सम्झौता २०७३ असार ३ गते भएको र २०७७ पुस २९ गते ठेक्का सम्झौता सकिसकेको छ ।

स्थानियको विवादले राइट अफ वे सिमाङ्कन कार्यमा ढिलाइ भएको हुँदा चालु आर्थिक वर्षबाट मात्र काम शुरु भएको छ । घर टहरा हटाई निर्माण कार्य शुरु गर्ने प्रयास गर्दा स्थानीयबाट संगठित रुपमा अवरोध सृजना गरेको हुँदा निर्माण कार्य अघि बढ्न सकेको छैन । हाल केही खाली स्थानहरुमा काम शुरु भएता पनि जग्गाको मुआब्जा माग गरी दायर भएको मुद्दा अदालमा विचाराधिन छ ।

मुद्दाले गर्दा तोकिए अनुसारको कार्य प्रगति हासिल गर्न बाधा पुगेको आयोजनाले जानकारी दिएको छ । मन्त्रिपरिषदको निर्णयअनुसार उपलब्ध चौडाइमा निर्माण कार्य भइरहेको छ । आयोजनाका अनुसार निर्माण व्यवसायीबाट म्याद थपको लागि निवेदन प्राप्त भएको छ ।

नक्खुखोला-भैंसेपाटी-बुङ्मति सडक

नक्खुखोला-भैंसेपाटी-बुङ्मति सडक २ प्याकेजमा ५६ करोड १४ लाख ४३ हजार रुपैयाँमा ५ किमी सडकको ठेक्का लागेको छ । ३१ करोड ६४ लाख ५३ हजार रुपैयाँ भुक्तानी हुँदा ६७.५ प्रतिशत प्रगति छ ।

आशिष-विरुवा-सीएम जेभीले ३० करोड ५ लाख रुपैयाँमा ३.५२ किलोमिटर सडकको जिम्मा प्राप्त गरेको छ । निर्माण व्यवसायीले १६ करोड ७१ लाख १० हजार भुक्तानी प्राप्त गर्दा ७० प्रतिशत भौतिक प्रगति छ । शुरुवाती ठेक्का सम्झौता २०७३ असार ३० गते भएको र २०७७ जेष्ठ २२ गते ठेक्का सम्झौता सकिएको छ ।

पप्पु/महालक्ष्मी/वल्र्डवाईड जेभीले २६ करोड ९ लाख ४३ हजार रुपैयाँमा १.५५ किलोमिटर सडकको ठेक्का प्राप्त गरेको छ । निर्माण व्यवसायीले १४ करोड ९३ लाख ४३ हजार रुपैयाँ भुक्तानी प्राप्त गरेर ६५ प्रतिशत भौतिक प्रगति छ । शुरुवाती ठेक्का सम्झौता २०७४ साउन ११ गते भएको र २०७७ माघ १० गते ठेक्का सम्झौता सकिएको छ ।

काठमाडौं उपत्यका विकास प्राधिकरणबाट सडक सिमा क्लियर गर्ने काम नहुँदा कार्य प्रगतिमा बाधा पुग्न गएको आयोजनाले जानकारी दिएको छ । साथै केही स्थानको विद्युत तथा टेलिफोन पोल हट्न बाँकी रहेको तथा केही स्थानमा बनको रुखहरुको कारणले पनि काममा अबरोध सृजना भएको छ ।

पेप्सीकोला-सल्लाघारी सडक विस्तार (मनोहरा पुलदेखि बाहाखा बजार हुँदै निकोसेरा खस्याङ खुसुङ पुल सडक)

पेप्सीकोला सल्लाघारी सडक विस्तार (मनोहरा पुलदेखि बाहाखा बजार हुँदै निकोसेरा खस्याङ खुसुङ पुल सडक) ४९ करोड ९७ लाख ७४ हजार रुपैयाँमा ४.५ किलोमिटर सडकको ठेक्का लागेको छ ।

कन्छाराम/पीआर/उमा एण्ड कम्पनी जेभीले १७ करोड ९२ लाख २७ हजार रुपैयाँ भुक्तानी प्राप्त गरेर ५५ प्रतिशत भौतिक प्रगति हासिल गरेको छ । शुरुवाती ठेक्का सम्झौता २०७४ असार ३० गते भएको र २०७७ पुस २८ गते ठेक्का सम्झौता सकिएको छ ।

स्थानीय वासिन्दाहरुद्वारा जग्गाको मुआब्जा माग गरी निर्माण कार्य अगाडि बढाउन नदिएको आयोजनाको आरोप छ ।

उक्त सडकको बाहखा बजारभन्दा अगाडि घरहरु भत्काउनु पर्नेमा स्थानीय वासिन्दाहरुको अवरोधको कारण विकास प्राधिकरणबाट सडक सिमा क्लियर गर्न नसकेको हुँदा उक्त सडक खण्डहरुमा कुनै पनि निर्माण कार्य अगाडि बढाउन नसकिएको आयोजनाको भनाइ छ ।

प्रकाशित मिति : ६ चैत्र २०७७, शुक्रबार ००:००  ११ : ०१ बजे

Motorable bridge constructed with investment of over Rs 131.2 million

KATHMANDU: Foreign Minister Dr Arzu Rana Deuba has congratulated her

Rs 60 million worth ginger sold in Triveni rural municipality

RUKUM PASCHIM: Triveni rural municipality of Rukum Paschim district has

Farmers struggle for fertilizer despite full warehouse in Siraha

KATHMANDU: Farmers in Siraha are facing difficulties in accessing chemical

Two teenage girls found dead in Achham

Two teenage girls, Saraswati Khadka (15) and Ishara Khadka (14),

Two arrested on charges of gangrape in Kailali

KATHMANDU: Two people have been arrested on charges of gang-raping