हवाई भाडा फेरि बढ्यो, कुन गन्तव्यको कति ? « Eglish Khabarhub

हवाई भाडा फेरि बढ्यो, कुन गन्तव्यको कति ?



काठमाडौं । वायुसेवा सञ्चालक संघले हवाई भाडा फेरि बढाएको छ । नेपाल आयल निगमले हवाई इन्धनको मूल्य बढाएसँगै संघले हवाई भाडा फेरि बढाएको हो ।

आयल निगमले प्रतिलिटर हवाई इन्धन २ रुपैयाँले बढाएपछि हवाई भाडा बढाएको हो । संघले विभिन्न गन्तव्य अनुसार न्यूनतम ५ रुपैयाँदेखि ९० रुपैयाँसम्म भाडा बढाएको छ ।

हवाई इन्धनको मूल्य जे जति घटवढ हुन्छ सोही अनुपातमा स्वचालित प्रणाली अनुसार मूल्य लागू गर्ने नेपाल सरकारको २०७५ जेठ २७ गतेको निर्णय अनुसार नै मूल्य बढाइएको संघको भनाइ छ ।

Publish on: