यी हुन् प्रधानमन्त्री ओलीको हातबाट टिका लगाएर एमाले प्रवेश गर्ने २०० व्यवसायी (नामावलीसहित) « Eglish Khabarhub

यी हुन् प्रधानमन्त्री ओलीको हातबाट टिका लगाएर एमाले प्रवेश गर्ने २०० व्यवसायी (नामावलीसहित)


१२ चैत्र २०७७, बिहिबार ००:००  

पढ्न लाग्ने समय :[rt_reading_time] मिनेट


0
Shares
  • change font
  • change font
  • change font
  • [simplicity-save-for-later]

कार्यक्रममा उपस्थित व्यवसायीहरु

काठमाडौं । गत शुक्रबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा एउटा कार्यक्रम आयोजना गरियो । प्रधानमन्त्रीका आर्थिक सल्लाहकार तथा पूर्वराज्यमन्त्री मोतीलाल दुगडले व्यवसायीहरुलाई प्रधानमन्त्रीले भेट्न खोजेको भन्दै बोलाएका थिए ।

प्रधानमन्त्रीले बोलाएपछि व्यवसायीहरु नजाने कुरै भएन । जिल्लातिरका ससाना व्यवसायी देशकै ठूला उद्योगीहरु उपस्थित थिए ।

१०० भन्दा बढी वर्षदेखि व्यवसायमा साम्राज्य स्थापना गरेका मारबाडी समूदायलाई खुसी बनाउनका लागि प्रधानमन्त्री ओलीले ‘मारबाडी भोज’को आयोजनासमेत गरेका थिए ।

प्रधानमन्त्रीले व्यवसायीहरुलाई सम्बोधन गर्दै आफ्ना भनाइ राखे । कार्यक्रमको अन्त्यसम्म पार्टी प्रवेशको कार्यक्रम राखिएको थियो ।

मोतिलाल दुगडले व्यवसायीहरुलाई एमाले पार्टी प्रवेश गराउनेबारे सबै व्यवसायीलाई खबर गरेका थिएनन् । एक्कासी पार्टी प्रवेशको कुरा आएपछि धेरै प्रतिष्ठित व्यवसायीहरु दुगडले फसाएको भन्दै खासखुस गरिरहेको देखिन्थ्यो । तर, उनीहरु हलचल गर्नसक्ने अवस्थामा थिएनन् ।

२३५ जना व्यवसायीहरु प्रधानमन्त्री ओली नेतृत्वको एमाले पार्टी प्रवेश गर्ने तयारी रहेछ । त्यसको चाँजोपाँचो प्रधानमन्त्री ओलीका आर्थिक सल्लाहकार दुगडले मिलाएका रहेछन् । यस्तो कठिन परिस्थितिमा व्यवसायीहरुलाई एमाले प्रवेश गराएर दुगडले ओलीलाई अझ बढी खुसी पार्न खोजेको सबैले प्रष्ट बुझिरहेका थिए ।

तर, लामो समय कांग्रेस भएर व्यापारिक लाभ लिएका र यसअघि २ पटकसम्म नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षको निर्वाचनमा हारेका व्यवसायी किशोर प्रधानसहित २०० व्यवसायीहरु ओलीको हातबाट टिका लाएर एमाले प्रवेश गरे । एमाले प्रवेश गर्ने अधिकांश व्यवसायी माडवारी समुदायका थिए । भृकुटी कागज कारखानाको ५०औं विगाह जग्गा प्लटिङ गरेर बेच्न पाइने आशामा हितेश गोल्छा पनि एमाले प्रवेश गरे ।

एमाले प्रवेश गर्नेहरुमा यसअघि कांग्रेसबाट ठूलो लाभ उठाएका व्यवसायीहरुको स्वार्थी जमात हावी थियो ।

किशोर प्रधानको नेतृत्वमा २३५ जना व्यवसायी एमालेमा प्रवेश

व्यवसायीहरु सत्ताको चरम दुरुपयोग गरेर अनुचित व्यावसायिक लाभ लिन मरिहत्ते नै गर्न थालेको पछिल्लो उदाहारण हो यो ।

राजनीतिक दलका नेताहरुले पनि व्यवसायीसँग अनुचित लाभ लिने र सत्तामा पुगेपछि त्यसको गुन तिर्ने प्रवृत्ति दिनानुदिन बढ्दो छ । जसकारण नेपालमा आसेपासे पुँजीबाद अर्थात् क्रोनि क्यापिटलिज्म झाँगिदै गएको छ ।

सत्ताको दुरुपयोग गरेर ३ भारतीय व्यापारीले यसरी कब्जा गरे दक्षिण अफ्रिकाको स्रोत, साधन

आसेपासे पुँजीबादका कारण सत्तासँग पहुँच नहुने गरीबहरु झन् झन् गरीब बन्दै गएका छन् भने सत्तासँग पहुँच हुने मुठ्ठीभर व्यवसायी र दलालहरु राज्यको स्रोत र साधनको चरम दुरुपयोग गरी रातारात अर्बपति बनिरहेका छन् ।

प्रधानमन्त्री केपी ओली र उनको सरकारसँग नजिक भएर यति ग्रुप, ओम्नी ग्रुप लगायतका केही व्यवसायीहरुले राज्यको स्रोत र साधनमाथि नियन्त्रण गर्दै आएका छन् । आगामी दिनमा नवप्रवेशी व्यवसायीहरुले पनि राज्यको स्रोत र साधनको दोहन गर्ने सुनौलो अवसर पाउने छन् । सोही आशामा व्यवसायीहरुको जम्मो टोली पार्टी प्रवेश गरेको हो ।

को को प्रवेश गरे ?

किशोर प्रधान, हितेश गोल्छा , अजय सराबगी, ललित अग्रवाल, राजेश अग्रवाल, विनित अग्रवाल, महेन्द्र अग्रवाल, सिताराम अग्रवाल वकिल, पुनम ब्यास, कृष्ण प्रसाई, मदन मित्तल, ओम प्रकाश बंसल, नरेन्द्र गुप्ता, जुगल किशोर धनावत, सूचीमा दिलिप जैन, नरेश कुमार सरिया, पाइला समुहका सम्पूर्ण उद्यमी, सन्तोष खेतान लगायतका व्यवसयाीहरु एमाले प्रवेश गरेका छन् ।

कम्युनिष्ट सरकार र क्रोनी क्यापिटालिज्मको क्यान्सरः डा. बाबुराम भट्टराईको लेख

त्यसैगरी, आशुतोष पटुवारी, राकेश कुमार जालान, शुभाष गोयल, प्रकाश कपुरी, अजय जलान, बिनोद सक्तानी, पियुस मित्तल, शिव कुमार शर्मा, रमेश पन्सारी, दधिराम सापकोटा, दिपक टिवडेवाल, बिनोद सेठिया, महेन्द्र अग्र बथवाल, इन्द्र कुमार मिठुवाल, श्याम सराबगी, अनिल जलान, श्रीधर बञ्जाडे, उषा धनावत पनि एमाले प्रवेश गरे ।

त्यस्तै, चिराग लोहिया, जिवन दारुका, दिपेश खड्का, नविन क्षेत्री, नारायण श्रेष्ठ अमन कन्दोई, अशोक अग्रवाल, अंकुर लोहिया, नविन कर्माचार्य, बबिता श्रेष्ठ, रमेश दास, सुश्मिता खड्का, कमल पोखरेल, गणेश प्रधान, सुरेन्द्र मोर, अरुण शर्मा, अनिल अग्रवाल, कान्छा तुलाधर पनि पनि एमाले ओली सगरेका छन् ।

प्रकाशित मिति : १२ चैत्र २०७७, बिहिबार ००:००  २ : ३२ बजे

Motorable bridge constructed with investment of over Rs 131.2 million

KATHMANDU: Foreign Minister Dr Arzu Rana Deuba has congratulated her

Rs 60 million worth ginger sold in Triveni rural municipality

RUKUM PASCHIM: Triveni rural municipality of Rukum Paschim district has

Farmers struggle for fertilizer despite full warehouse in Siraha

KATHMANDU: Farmers in Siraha are facing difficulties in accessing chemical

Two teenage girls found dead in Achham

Two teenage girls, Saraswati Khadka (15) and Ishara Khadka (14),

Two arrested on charges of gangrape in Kailali

KATHMANDU: Two people have been arrested on charges of gang-raping