ज्योति लाइफको आइपीओको रिजल्ट हेर्न किन नपाइएको ? यसो भन्छन्, सीडीएससीका सीइओ आचार्य « Eglish Khabarhub

ज्योति लाइफको आइपीओको रिजल्ट हेर्न किन नपाइएको ? यसो भन्छन्, सीडीएससीका सीइओ आचार्य



काठमाडौं । शुक्रबार आइपीओ बाँडफाँट भएको ज्योति लाइफ इन्स्योरेन्सको आइपीओको रिजल्ट शुक्रबार साँझसम्म पनि हेर्न पाइएको छैन ।

सीडीएससीका सीइओ पूर्णप्रसाद आचार्यका अनुसार एनएमबि क्यापिटलले डाटा पठाउन ढिलाइ गरेकाले नतिजा राख्न नसकिएको बताए । उनका अनुसार क्यापिटलले नै डाटा साँझ मात्रै पठाएको हो ।

‘केही बेर अघि मात्रै हामीकहाँ डाटा आएको छ, साढे ६ बजेको समयमा अहिले डाटा अपलोड भइरहेको छ, सम्भवतः साँझ ७ बजेसम्म अपलोड भइसकेर नतिजा हेर्न मिल्नेछ,’ उनले भने ।

मेरो सेयर डट कम, एनएमबी क्यापिटल र ज्योति लाइफको वेवसाइटबाहेक अन्य माध्यमबाट आइपीओको रिजल्ट हेर्न पाइँदैन ।

आइपीओको नतिजा आइपीओरिजल्ट डट सीडीएससी डट कम डट एनपीबाट हेर्न सकिन्छ । सीडीएससीले आइपीओको नतिजा हेर्नका लागि मात्रै यो वेवसाइट शुरु गरेको हो । सीइओ आचार्यका अनुसार गुगल क्लाउडको प्रयोग गरी नतिजा हेर्न मिल्ने बनाइएको छ । यो वेवसाइटमा भिजिटर धेरै हुँदा पनि नखुल्ने समस्या हुँदैन ।

Publish on: