काठमाडौं । उच्च शिक्षाका लागि विदेशी भूमिमा जान चाहने विद्यार्थीलाई परामर्श प्रदान गर्दै आएको निमास एजुकेशन १३औं वर्षमाप्रवेश गरेको छ ।
निमासले बिहीबार कार्यालयमा कार्यक्रम आयोजना गरी वार्षिकोत्सव मनायो ।
निमासलाई शुभकामना दिन शिक्षामन्त्रालय शैक्षिक परामर्श प्रमाणिकरण शाखाका प्रमुख उप–सचिव फटिक केसीका साथै, इक्यान, आइरिन तथा फेकनका पदाधिकारी पुगेको प्रबन्ध निर्देशक गीता रिजालले जानकारी दिइन । रिजाल फेकनकी पूर्व वरिष्ठ उपाध्यक्ष पनि हुन् ।
निमासले उच्च शिक्षाका लागि विदेश जाने विद्यार्थीलाई मात्रै नभइ स्वदेशी शिक्षाका लागि समेत प्रबर्द्धनात्मक कार्यक्रम तथा परामर्शसमेत प्रदान गर्दै आएको छ ।
सो कम्पनीले क्यानडा, अमेरिका, अष्ट्रेलिया, न्युजील्याण्ड, युके, चाइनामा अध्ययन गर्न जाने विद्यार्थीलाई परामर्श सेवा प्रदान गर्दै आइरहेको रिजालले जानकारी दिइन् । उनका अनुसार परामर्शसँगै भिसा प्रक्रिया, टेष्ट र इन्ट्रान्स तयारी कक्षासमेत सञ्चालन गर्दै आइरहेको छ ।
निमास एजुकेशन एक आइएसओ ९००१-२०१५ सर्टिफाइड कम्पनी हो । तसर्थ, अन्तर्राष्ट्रियस्तरमा रिकग्नाइज एजेन्सीका रुपमा आफूहरुले काम गरिरहेको निर्देशक सरोज थापाले बताए ।
पिआइआर, आइसिएफ, एजुकेशन न्युजील्याण्ड, युएसएटिसी, सिसिए, आइएसएएनए, जस्ता अन्तर्राष्ट्रिय संस्थाबाट पनि निमास एजुकेशन रिकग्नाइस संस्था भएको उनले बताए ।
निमासको कार्यालय काठमाडौंको बागबजारमा छ ।
SHARE YOUR THOUGHTS