सिटिजन्स बैंक र साबिकको तिनाउ मिसन डेभलपमेण्ट बैंकको एकीकृत कारोबार शुरु « Eglish Khabarhub

सिटिजन्स बैंक र साबिकको तिनाउ मिसन डेभलपमेण्ट बैंकको एकीकृत कारोबार शुरु



काठमाडौं सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले बुटवलमा प्रधान कार्यालय रहेको तिनाउ मिसन डेभलपमेण्ट बैंक लिमिटेडलाईप्राप्ति गरी आजदेखि एकीकृत कारोबार शुभारम्भ गरेको

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड तिनाउ मिसन डेभलपमेण्ट बैंक लिमिटेडका सञ्चालक तथा उच्च व्यवस्थापनका कर्मचारीहरुसहभागी भएको एक विशेष समारोहबीच सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडका सञ्चालक समितिका अध्यक्ष राजनसिंह भण्डारीलेसंयुक्त कारोबारको शुभारम्भ गरे

चैत्र १३ गतेसम्मको तथ्यांकको आधारमा सिटिजन्स बैंकले तिनाउ मिसन डेभलपमेण्ट बैंकलाई प्राप्ति गरेपछि निक्षेप करिव १२७ अर्बरुपैयाँ पुग्नेछ भने ऋण लगानी करिव ११३ अर्ब रुपैयाँ पुग्नेछ

राप्ति पश्चात बैंकको कुल १६६ शाखा  हुनेछ सहमतिअनुसार, तिनाउ मिसन डेभलपमेण्ट बैंकका शेयरधनीले १०० कित्ता शेयरबराबर सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडको ९६ कित्ता शेयर पाउनेछन्

सिटिजन्स बैंकको हालको चुक्ता पूँजी अर्ब ८१ करोड रुपैयाँ रहेकोमा प्राप्तिपछिको चुक्ता पूँजी  ११ अर्ब ६६ करोड रुपैयाँ हुनेछ

उक्त कार्यक्रममा बोल्दै सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडका सञ्चालक समितिका अध्यक्ष राजनसिंह भण्डारीले यस प्राप्ति पश्चातबैंकको वित्तीय सूचकाङ्कहरु मानवश्रोत, प्राविधिक एवं अन्य क्षमता अभिवृद्धि हुने कुरा व्यक्त गरे

मर्जर प्राप्तिबाट संख्या घटाउने नेपाल राष्ट्र बैंकको नीतिलाई सहयोग पुग्ने विश्वास यस किसिमको प्राप्तिले देशको बैंकिङ्ग तथा वित्तीय प्रणालीलाई सुशासित, सुरक्षित, स्वस्थ, कुशल तथा सक्षम बनाई वित्तीय क्षेत्रको स्थायित्व कायम गर्न मद्दत पुग्ने विश्वास अभिव्यक्त गरे

प्राप्तिबाट तिनाउ मिसन डेभलपमेण्ट बैंक लिमिटेडका ग्राहकहरुले अझ बढी स्तरीय परिस्कृत वित्तीय सेवाहरु प्राप्तिपछि बनेकोसिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडको १६६ वटा शाखाहरुबाट प्राप्त गर्ने उनले बताए

त्यसैगरी साबिकको तिनाउ मिसन डेभलपमेण्ट बैंक लिमिटेडका सञ्चालक समितिका अध्यक्ष जीवनप्रसाद ओझाले तिनाउ मिसनडेभलपमेण्ट बैंक लिमिटेडका ग्राहक, कर्मचारी लगानीकर्ताहरुको हित भविष्य सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडमा अझ बढीसुरक्षित उज्वल हुने कुरा अभिव्यक्त गरे

कार्यक्रमलाई सम्बोधन गर्दै सिटिजन्स बैंक इन्टरनेसेनल लिमिटेडका सञ्चालक तथा मर्जर तथा प्राप्ति समितिका संयोजक प्रवलजंगपाण्डेले प्राप्ति पश्चात बैंकको प्रतिस्पर्धात्मक क्षमताको अभिबृद्धि हुने, बैंकको वित्तीय, मानवसंशाधनका साथै प्राविधिक एवं अन्यक्षमताको अभिवृद्धि भई ग्राहक वर्गलाई आधुनिक, गुणस्तरीय तथा भरपर्दो बैंकिङ्ग सुविधा प्रदान गर्न सहज हुने कुरा व्यक्त गरे।

संयुक्त कारोबारको शुभारम्भ समारोहमा बोल्दै सिटिजन्स बैंक इन्टरनेसेनल लिमिटेडका प्रमुख कार्यकारी अधिकृत श्री गणेश राजपोखरेलले मर्जर पश्चात कर्मचारीहरुको उचित ब्यवस्थापन दक्षता अभिवृद्धि गरी बैंकको व्यवसाय वृद्धिका लागि ठोस कार्यक्रमहरुसंचनलन गर्ने बताए 

बैंकको बढ्दो ब्यवसाय, शाखा/सञ्जाल तथा अन्य स्रोतहरुबाट सृजित हुन सक्ने जोखिमहरु अध्ययन गरी पहिचान गर्ने तथा त्यस्ता जोखिमको उचित व्यवस्थापन गरी संभावित हानीलाई न्यून गर्नका लागि स्थापित जोखिम व्यवस्थापनसंयन्त्रलाई थप प्रभावकारी बनाउँदै जाने योजना रहेको व्यहोरा जाहेर गरे 

बैंकले करिव साढे लाख ग्राहकवर्गलाई वित्तीय सेवाप्रदान गर्दे आएकोमा अबबाट करिव साढे लाख ग्राहकवर्गलाई सेवा प्रदान गर्नेछ

यस प्राप्ति पश्चात सिटिजन्स बैंकको लुम्बिनीप्रदेशमा उपस्थिति झन् दरिलो हुने कुरा बैंकका प्रमुख कार्यकारी अधिकृत पोखरेलले बताए ।

२०६४ बैशाख गतेदेखि २० औं वाणिज्य बैंकका रुपमा बैकिङ्ग कारोबार शुरु गरेको सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडलेयस अगावै नेपाल राष्ट्र बैंकबाटवर्गको इजाजत प्राप्त संस्था पिपल्स फाइनान्स लिमिटेड, नेपाल हाउसिङ्ग एण्ड मर्चेण्ट फाइनान्सलिमिटेड प्रिमियर फाइनान्स लिमिटेडलाई प्राप्ति गरिसकेको

यसैगरी सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले नेपाल राष्ट्र बैंकबाटवर्गको इजाजत प्राप्त सहयोगी विकास बैंक लिमिटेड (जनकपुर केन्द्रीय कार्यालय रहेको) लाई प्राप्ति गरी २०७७ असार २०गतेबाट एकीकृत कारोबार शुभारम्भ गरेको थियो भनेवर्गको इजाजत प्राप्त, बिराटनगरमा प्रधान कार्यालय रहेको सिर्जनाफाइनान्स लिमिटेडलाई प्राप्ति गर्ने गरी मिति २०७७ माघ २८ गते प्रारम्भिक सम्झौता पत्रमा हस्ताक्षर भईसकेको

एकीकृत कारोवार शुभारम्भ गरेको सुखद उपलक्ष्यमा यस बैंकले वित्तीय साक्षरताको अभिवृद्धि गर्ने अभिप्रायले जनचेतनामुलक श्रब्यदृश्य सामाग्री पनि सार्वजनिक गरेको  

बैंकले प्रदान गर्ने सम्पूर्ण सेवा सुबिधालाई समेटेर निर्माण गरिएको श्रब्य दृश्य सामाग्रीलेआमजनलाई बैंकिंग सेवासँग चिरपरिचित गराउन महत्वपुर्ण भुमिका निर्वाह गर्नुका साथसाथै डिजिटल बैंकिङ्ग सभ्यताको विकासमाटेवा पुग्ने विश्वास बैंकले लिएको

Publish on: