३२ अंकले बढ्यो नेप्से, निफ्राको सेयर मूल्य घट्यो « Eglish Khabarhub

३२ अंकले बढ्यो नेप्से, निफ्राको सेयर मूल्य घट्यो



काठमाडौं । सेयर कारोबार मापक नेप्से परिसूचक ३२.१५ अङ्कले उकालो लागेको छ । मंगलबार नेप्से ३२ अंकले बढेर २५७५.६६ बिन्दुमा पुगेको छ ।

कूल २०९ कम्पनीको ६८ हजार ६४५ पटक करोबार भएको छ । १ करोड २२ लाख ९ हजार ९७६ कित्ता कारोबार हुँदा ६ अर्ब १८ करोड ५६ लाख ७९ हजार रुपैयाँको कारोबार भएको छ ।

व्यापार र उत्पादनमूलक उपसमूह बाहेक सबै उपसमूहको सेयर बढेको छ । ट्रेडिङ २९.७ र उत्पादन मूलक ०.२२ अंकले घटेको छ । सबैभन्दा धेरै सेयर नन् लाईफ इन्स्योरेन्सको बढेको छ ।

निर्जीवन बीमा ३९८.३२, बैंक ८.६८, होटल र पर्यटन ११२.९, बैंक ७.७९, जलविद्युत् ९५.९८, वित्तीय २.३३, अन्य १०.५१, लघुवित्त १४९.६८, लाईफ इन्स्योरेन्स १८६.०८, सामूहिक लगानी कोष ०.१८ र लगानी ०.३७ अंकले बढेको छ ।

वोमी माइक्रोफाइनान्स वित्तीय संस्था, सानिमा जेनरल इन्स्योरेन्स, जेनरल इन्स्योरेन्स, अजोड इन्स्योरेन्स, सुमित लघुवित्त वित्तीय संस्था र स्वभलम्बी लुघवित्त वित्तीय संस्थाको सेयर सकारात्मक सर्किट लागेको छ ।

यूनाइटेड इदी मर्दी हाइड्रोपावरको सेयर ५.३३ प्रतिशत र नेपाल पूर्वाधार बैकको सेयर २.३१ प्रतिशतले घटेको छ ।

Publish on: