कोरोना कहरको एकवर्षः कुन जीवन बीमा कम्पनीले कुन महिना कति बिजनेश गरे ? (विस्तृत रिपोर्ट) « Eglish Khabarhub

कोरोना कहरको एकवर्षः कुन जीवन बीमा कम्पनीले कुन महिना कति बिजनेश गरे ? (विस्तृत रिपोर्ट)


१९ चैत्र २०७७, बिहिबार ००:००  

पढ्न लाग्ने समय :[rt_reading_time] मिनेट


0
Shares
  • change font
  • change font
  • change font
  • [simplicity-save-for-later]

काठमाडौं । कोरोना कहरमै पनि जीवन बीमा कम्पनीहरुले उल्लेख्य मात्रामा व्यवसाय बढाएका छन् । कोरोनाको असरका कारण कतिपय व्यवसाय बन्द हुने अवस्थामा पुगे पनि जीवन बीमा व्यवसायमा कोरोनाको असर खासै देखिएन ।

२०७६ फागुन मसान्तबाट नेपालमा शुरु भएको कोरोना भाइरस संक्रमण ०७७ फागुनमा एक वर्ष पूरा भइसकेको छ ।

यस अवधिमा केही कम्पनीहरुले भने आक्रमकरुपमा व्यवसाय बढाएका छन् । जीवन बीमा कम्पनीहरुको व्यवसाय बिस्तार भनेको प्रथम बीमा शुल्क संकलन वृद्धिदरलाई मानिन्छ ।

सञ्चालनमा रहेका १९ जीवन बीमा कम्पनीहरुले ०७६ फागुन मसान्तको तुलनामा ०७७ फागुन मसान्तसम्ममा ३६.६९ प्रतिशत अर्थात् ७ अर्ब ५४ करोडले प्रथम बीमा शुल्क संकलन बढाएको बीमा समितिले जनाएको छ । समग्र जीवन बीमा क्षेत्रको कुल प्रथम बीमा शुल्क बढे पनि २ वटाको भने घटेको छ ।

गत वर्षको फागुन मसान्तसम्म २० अर्ब ५५ करोड रुपैयाँ प्रथम बीमा शुल्क संकलन गरेका थिए । जुन चालु आवको सोही अवधिमा २८ अर्ब ९ करोड रुपैयाँ पुगेको छ ।

जीवन बीमा कम्पनीहरुले सावधिक जीवन बीमा, अग्रिम भुक्तानी सावधिक जीवन बीमा, रुपान्तरिक सावधिक जीवन बीमा, सामान्य म्यादी जीवन बीमा, आजीवन जीवन बीमा, विशेष म्यादी जीवन बीमा र अन्य प्रकारका बीमा पोलिसी बिक्री गरिरहेका छन् ।

कुन बीमा कम्पनीले कति बिजनेश गरे ?

एक वर्षको अवधिमा सबैभन्दा राम्रो व्यवसाय बिस्तार गर्ने कम्पनीको पहिलो सूचीमा गुँरास लाइफ, दोस्रोमा सुर्या लाइफ र तेस्रो स्थानमा रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनी छन् । सो अवधिमा सबैभन्दा थोरै प्रथम बीमा शुल्क संकलनको वृद्धिदर एलआइसीको रहेको छ भने मेट लाइफ र राष्ट्रिय बीमा संस्थानको प्रथम बीमा शुल्क संकलन वृद्धिदर घटेको छ ।

गुराँस लाइफः कम्पनीले गत आवको फागुन मसान्तसम्म ३६ करोड रुपैयाँ प्रथम बीमा शुल्क संकलन गरेको थियो । जुन चालु आवको सोही अवधिमा २ सय प्रतिशत बढीले वृद्धि गरेर १ अर्ब २० करोड रुपैयाँ पुर्याएको छ ।

२०७६ फागुन मसान्तसम्ममा कम्पनीले ३७ करोड रुपैयाँ र चैत मसान्तसम्म ३८ करोड रुपैयाँ प्रथम बीमा शुल्क संकलन गरेको थियो । कम्पनीले २०७७ बैशाख मसान्तसम्म ३८ करोड, जेठ मसान्तसम्म ४० करोड र असार मसान्तसम्म ७८ करोड रुपैयाँ प्रथम बीमा शुल्क संकलन गरेको थियो ।

चालु आवको पहिलो अर्थात् साउन महिनामा कम्पनीले ४ करोड रुपैयाँ प्रथम बीमा शुल्क संकलन गरेको थियो । कम्पनीले भदौ मसान्तसम्म १० करोड, असोज मसान्तसम्म २९ करोड र कात्तिक मसान्तसम्म ३४ करोड रुपैयाँ प्रथम बीमा शुल्क संकलन गरेको छ ।

त्यसैगरी, कम्पनीले मंसिर मसान्तसम्म ४४ करोड, पुस मसान्तसम्म १ अर्ब २ करोड, माघ मसान्तसम्म १ अर्ब १४ करोड र फागुन मसान्तसम्म १ अर्ब २० करोड रुपैयाँ गरी एक वर्षको अवधिमा कुल ६ अर्ब ८८ करोड रुपैयाँ प्रथम बीमा शुल्क संकलन गरेको छ ।

सुर्या लाइफः कम्पनीले गत आवको फागुन मसान्तसम्म ६३ करोड रुपैयाँ प्रथम बीमा शुल्क संकलन गरेको थियो । जुन चालु आवको सोही अवधिमा १ सय ३१.७५ प्रतिशतले वृद्धि भएर १ अर्ब ४६ करोड रुपैयाँ पुर्याएको छ ।

२०७६ फागुन मसान्तसम्ममा कम्पनीले ६३ करोड रुपैयाँ र चैत मसान्तसम्म ६४ करोड रुपैयाँ प्रथम बीमा शुल्क संकलन गरेको थियो । कम्पनीले २०७७ बैशाख मसान्तसम्म ६७ करोड, जेठ मसान्तसम्म ७३ करोड र असार मसान्तसम्म १ अर्ब १३ करोड रुपैयाँ प्रथम बीमा शुल्क संकलन गरेको थियो ।

कम्पनीले साउन महिनामा ६ करोड, भदौ मसान्तसम्म १३ करोड, असोज मसान्तसम्म २८ करोड र काक्तिक मसान्तसम्म ४४ करोड रुपैयाँ प्रथम बीमा शुल्क संकलन गरेको छ ।

साथै, कम्पनीले मंसिर मसान्तसम्म ६१ करोड, पुस मसान्तसम्म १ अर्ब १६ करोड, माघ मसान्तसम्म १ अर्ब ४३ करोड र फागुन मसान्तसम्म १ अर्ब ४६ करोड रुपैयाँ गरी एक वर्षको अवधिमा कुल ९ अर्ब ३७ करोड रुपैयाँ प्रथम बीमा शुल्क संकलन गरेको छ ।

रिलायन्स लाइफः कम्पनीले गत आवको फागुन मसान्तसम्म ४९ करोड रुपैयाँ प्रथम बीमा शुल्क संकलन गरेको थियो । जुन चालु आवको सोही अवधिमा १ सय १४.२९ प्रतिशतले वृद्धि भएर १ अर्ब ५ करोड रुपैयाँ पुर्याएको छ ।

२०७६ फागुन मसान्तसम्ममा कम्पनीले ४९ करोड रुपैयाँ र चैत मसान्तसम्म ५० करोड रुपैयाँ प्रथम बीमा शुल्क संकलन गरेको थियो । कम्पनीले २०७७ बैशाख मसान्तसम्म ५५ करोड, जेठ मसान्तसम्म ६५ करोड र असार मसान्तसम्म ९१ करोड रुपैयाँ प्रथम बीमा शुल्क संकलन गरेको थियो ।

कम्पनीले चालु आवको पहिलो अर्थात् साउन महिनामा ४ करोड रुपैयाँ प्रथम बीमा शुल्क संकलन गरेको थियो । कम्पनीले भदौ मसान्तसम्म ९ करोड, असोज मसान्तसम्म २५ करोड र काक्तिक मसान्तसम्म ३२ करोड रुपैयाँ प्रथम बीमा शुल्क संकलन गरेको छ ।

साथै, कम्पनीले मंसिर मसान्तसम्म ४० करोड, पुस मसान्तसम्म ६४ करोड, माघ मसान्तसम्म ८८ करोड र फागुन मसान्तसम्म १ अर्ब ५ करोड रुपैयाँ गरी एक वर्षको अवधिमा कुल ६ अर्ब ७७ करोड रुपैयाँ प्रथम बीमा शुल्क संकलन गरेको छ ।

सानिमा लाइफः कम्पनीले गत आवको फागुन मसान्तसम्म ४० करोड रुपैयाँ प्रथम बीमा शुल्क संकलन गरेको थियो । जुन चालु आवको सोही अवधिमा १ सय २.५० प्रतिशतले वृद्धि भएर ८१ करोड रुपैयाँ पुर्याएको छ ।

२०७६ फागुन मसान्तसम्ममा कम्पनीले ४० करोड रुपैयाँ र चैत मसान्तसम्म ४० करोड रुपैयाँ प्रथम बीमा शुल्क संकलन गरेको थियो । कम्पनीले २०७७ बैशाख मसान्तसम्म ४१ करोड, जेठ मसान्तसम्म ४६ करोड र असार मसान्तसम्म ५५ करोड रुपैयाँ प्रथम बीमा शुल्क संकलन गरेको थियो ।

कम्पनीले साउनमा ४ करोड रुपैयाँ प्रथम बीमा शुल्क संकलन गरेको थियो । कम्पनीले भदौ मसान्तसम्म ९ करोड, असोज मसान्तसम्म २२ करोड र काक्तिक मसान्तसम्म ३० करोड रुपैयाँ प्रथम बीमा शुल्क संकलन गरेको छ ।

साथै, कम्पनीले मंसिर मसान्तसम्म ४२ करोड, पुस मसान्तसम्म ६४ करोड, माघ मसान्तसम्म ७२ करोड र फागुन मसान्तसम्म ८१ करोड रुपैयाँ गरी एक वर्षको अवधिमा कुल ५ अर्ब ४६ करोड रुपैयाँ प्रथम बीमा शुल्क संकलन गरेको छ ।

प्रभु लाइफः कम्पनीले गत आवको फागुन मसान्तसम्म ३४ करोड रुपैयाँ प्रथम बीमा शुल्क संकलन गरेको थियो । जुन चालु आवको सोही अवधिमा ८२.३५ प्रतिशतले वृद्धि भएर ६२ करोड रुपैयाँ पुर्याएको छ ।

२०७६ फागुन मसान्तसम्ममा कम्पनीले ३४ करोड रुपैयाँ र चैत मसान्तसम्म ३५ करोड रुपैयाँ प्रथम बीमा शुल्क संकलन गरेको थियो । कम्पनीले २०७७ बैशाख मसान्तसम्म ३६ करोड, जेठ मसान्तसम्म ३८ करोड र असार मसान्तसम्म ८९ करोड रुपैयाँ प्रथम बीमा शुल्क संकलन गरेको थियो ।

कम्पनीले साउनमा ३ करोड रुपैयाँ प्रथम बीमा शुल्क संकलन गरेको थियो । कम्पनीले भदौ मसान्तसम्म ९ करोड, असोज मसान्तसम्म १३ करोड र काक्तिक मसान्तसम्म १८ करोड रुपैयाँ प्रथम बीमा शुल्क संकलन गरेको छ ।

साथै, कम्पनीले मंसिर मसान्तसम्म २५ करोड, पुस मसान्तसम्म ३९ करोड, माघ मसान्तसम्म ५२ करोड र फागुन मसान्तसम्म ६२ करोड रुपैयाँ गरी एक वर्षको अवधिमा कुल ४ अर्ब ५३ करोड रुपैयाँ प्रथम बीमा शुल्क संकलन गरेको छ ।

रिलायवल लाइफः कम्पनीले गत आवको फागुन मसान्तसम्म ८० करोड रुपैयाँ प्रथम बीमा शुल्क संकलन गरेको थियो । जुन चालु आवको सोही अवधिमा ७८.७५ प्रतिशतले वृद्धि भएर १ अर्ब ४३ करोड रुपैयाँ पुर्याएको छ ।

२०७६ फागुन मसान्तसम्ममा कम्पनीले ८० करोड रुपैयाँ र चैत मसान्तसम्म ८३ करोड रुपैयाँ प्रथम बीमा शुल्क संकलन गरेको थियो । कम्पनीले २०७७ बैशाख मसान्तसम्म ८७ करोड, जेठ मसान्तसम्म ९१ करोड र असार मसान्तसम्म १ अर्ब ७ करोड रुपैयाँ प्रथम बीमा शुल्क संकलन गरेको थियो ।

चालु आवको पहिलो अर्थात् साउन महिना कम्पनीले ९ करोड रुपैयाँ प्रथम बीमा शुल्क संकलन गरेको थियो । कम्पनीले भदौ मसान्तसम्म २१ करोड, असोज मसान्तसम्म ३७ करोड र काक्तिक मसान्तसम्म ५१ करोड रुपैयाँ प्रथम बीमा शुल्क संकलन गरेको छ ।

साथै, कम्पनीले मंसिर मसान्तसम्म ६९ करोड, पुस मसान्तसम्म ९६ करोड, माघ मसान्तसम्म १ अर्ब २० करोड र फागुन मसान्तसम्म १ अर्ब ४३ करोड रुपैयाँ गरी एक वर्षको अवधिमा कुल ९ अर्ब ९४ करोड रुपैयाँ प्रथम बीमा शुल्क संकलन गरेको छ ।

नेशनल लाइफः कम्पनीले गत आवको फागुन मसान्तसम्म १ अर्ब ५२ करोड रुपैयाँ प्रथम बीमा शुल्क संकलन गरेको थियो । जुन चालु आवको सोही अवधिमा ७१.७१ प्रतिशतले वृद्धि भएर २ अर्ब ६१ करोड रुपैयाँ पुर्याएको छ ।

२०७६ फागुन मसान्तसम्ममा कम्पनीले १ अर्ब ५२ करोड रुपैयाँ र चैत मसान्तसम्म १ अर्ब ५८ करोड रुपैयाँ प्रथम बीमा शुल्क संकलन गरेको थियो । कम्पनीले २०७७ बैशाख मसान्तसम्म १ अर्ब ६० करोड, जेठ मसान्तसम्म १ अर्ब ६७ करोड र असार मसान्तसम्म २ अर्ब ३५ करोड रुपैयाँ प्रथम बीमा शुल्क संकलन गरेको थियो ।

चालु आवको पहिलो महिना साउनमा कम्पनीले २० करोड रुपैयाँ प्रथम बीमा शुल्क संकलन गरेको थियो । कम्पनीले भदौ मसान्तसम्म ४४ करोड, असोज मसान्तसम्म ८२ करोड र काक्तिक मसान्तसम्म १ अर्ब ४२ करोड रुपैयाँ प्रथम बीमा शुल्क संकलन गरेको छ ।

साथै, कम्पनीले मंसिर मसान्तसम्म १ अर्ब ४२ करोड, पुस मसान्तसम्म १ अर्ब ८५ करोड, माघ मसान्तसम्म २ अर्ब २६ करोड र फागुन मसान्तसम्म २ अर्ब ६१ करोड रुपैयाँ गरी एक वर्षको अवधिमा कुल १९ अर्ब ४६ करोड रुपैयाँ प्रथम बीमा शुल्क संकलन गरेको छ ।

ज्योति लाइफः कम्पनीले गत आवको फागुन मसान्तसम्म ७१ करोड रुपैयाँ प्रथम बीमा शुल्क संकलन गरेको थियो । जुन चालु आवको सोही अवधिमा ७०.४२ प्रतिशतले वृद्धि भएर १ अर्ब २१ करोड रुपैयाँ पुर्याएको छ ।

२०७६ फागुन मसान्तसम्ममा कम्पनीले ७१ करोड रुपैयाँ र चैत मसान्तसम्म ७३ करोड रुपैयाँ प्रथम बीमा शुल्क संकलन गरेको थियो । कम्पनीले २०७७ बैशाख मसान्तसम्म ७७ करोड, जेठ मसान्तसम्म ८८ करोड र असार मसान्तसम्म १ अर्ब २३ करोड रुपैयाँ प्रथम बीमा शुल्क संकलन गरेको थियो ।

कम्पनीले साउनमा ८ करोड रुपैयाँ प्रथम बीमा शुल्क संकलन गरेको थियो । कम्पनीले भदौ मसान्तसम्म २० करोड, असोज मसान्तसम्म ३१ करोड र काक्तिक मसान्तसम्म ३८ करोड रुपैयाँ प्रथम बीमा शुल्क संकलन गरेको छ ।

साथै, कम्पनीले मंसिर मसान्तसम्म ५४ करोड, पुस मसान्तसम्म ८९ करोड, माघ मसान्तसम्म १ अर्ब ८ करोड र फागुन मसान्तसम्म १ अर्ब २१ करोड रुपैयाँ गरी एक वर्षको अवधिमा कुल ९ अर्ब १ करोड रुपैयाँ प्रथम बीमा शुल्क संकलन गरेको छ ।

आइएमई लाइफः कम्पनीले गत आवको फागुन मसान्तसम्म ५१ करोड रुपैयाँ प्रथम बीमा शुल्क संकलन गरेको थियो । जुन चालु आवको सोही अवधिमा ६२.७५ प्रतिशतले वृद्धि भएर ८३ करोड रुपैयाँ पुर्याएको छ ।

२०७६ फागुन मसान्तसम्ममा कम्पनीले ५१ करोड रुपैयाँ र चैत मसान्तसम्म ५३ करोड रुपैयाँ प्रथम बीमा शुल्क संकलन गरेको थियो । कम्पनीले २०७७ बैशाख मसान्तसम्म ५४ करोड, जेठ मसान्तसम्म ५७ करोड र असार मसान्तसम्म ७८ करोड रुपैयाँ प्रथम बीमा शुल्क संकलन गरेको थियो ।

चालु आवको पहिलो अर्थात् महिना साउनमा कम्पनीले ९ करोड रुपैयाँ प्रथम बीमा शुल्क संकलन गरेको थियो । कम्पनीले भदौ मसान्तसम्म १७ करोड, असोज मसान्तसम्म २९ करोड र कात्तिक मसान्तसम्म ३५ करोड रुपैयाँ प्रथम बीमा शुल्क संकलन गरेको छ ।

साथै, कम्पनीले मंसिर मसान्तसम्म ४४ करोड, पुस मसान्तसम्म ६५ करोड, माघ मसान्तसम्म ७४ करोड र फागुन मसान्तसम्म ८३ करोड रुपैयाँ गरी एक वर्षको अवधिमा कुल ६ अर्ब ४९ करोड रुपैयाँ प्रथम बीमा शुल्क संकलन गरेको छ ।

सिटिजन्स लाइफः कम्पनीले गत आवको फागुन मसान्तसम्म ७१ करोड रुपैयाँ प्रथम बीमा शुल्क संकलन गरेको थियो । जुन चालु आवको सोही अवधिमा ५६.३४ प्रतिशतले वृद्धि भएर १ अर्ब ११ करोड रुपैयाँ पुर्याएको छ ।

२०७६ फागुन मसान्तसम्ममा कम्पनीले ७१ करोड रुपैयाँ र चैत मसान्तसम्म ७३ करोड रुपैयाँ प्रथम बीमा शुल्क संकलन गरेको थियो । कम्पनीले २०७७ बैशाख मसान्तसम्म ७५ करोड, जेठ मसान्तसम्म ८० करोड र असार मसान्तसम्म १ अर्ब २३ करोड रुपैयाँ प्रथम बीमा शुल्क संकलन गरेको थियो ।

चालु आवको पहिलो अर्थात् साउन महिनामा कम्पनीले ९ करोड रुपैयाँ प्रथम बीमा शुल्क संकलन गरेको थियो । कम्पनीले भदौ मसान्तसम्म १७ करोड, असोज मसान्तसम्म ३१ करोड र कात्तिक मसान्तसम्म ४२ करोड रुपैयाँ प्रथम बीमा शुल्क संकलन गरेको छ ।

साथै, कम्पनीले मंसिर मसान्तसम्म ५३ करोड, पुस मसान्तसम्म ७३ करोड, माघ मसान्तसम्म ८९ करोड र फागुन मसान्तसम्म १ अर्ब ११ करोड रुपैयाँ गरी एक वर्षको अवधिमा कुल ८ अर्ब ४७ करोड रुपैयाँ प्रथम बीमा शुल्क संकलन गरेको छ ।

प्राइम लाइफः कम्पनीले गत आवको फागुन मसान्तसम्म ६४ करोड रुपैयाँ प्रथम बीमा शुल्क संकलन गरेको थियो । जुन चालु आवको सोही अवधिमा ४८.४४ प्रतिशतले वृद्धि भएर ९५ करोड रुपैयाँ पुर्याएको छ ।

२०७६ फागुन मसान्तसम्ममा कम्पनीले ६४ करोड रुपैयाँ र चैत मसान्तसम्म ६८ करोड रुपैयाँ प्रथम बीमा शुल्क संकलन गरेको थियो । कम्पनीले २०७७ बैशाख मसान्तसम्म ७० करोड, जेठ मसान्तसम्म ७७ करोड र असार मसान्तसम्म १ अर्ब १९ करोड रुपैयाँ प्रथम बीमा शुल्क संकलन गरेको थियो ।

चालु आवको पहिलो महिना साउनमा कम्पनीले ८ करोड रुपैयाँ प्रथम बीमा शुल्क संकलन गरेको थियो । कम्पनीले भदौ मसान्तसम्म १६ करोड, असोज मसान्तसम्म ३७ करोड र कात्तिक मसान्तसम्म ४७ करोड रुपैयाँ प्रथम बीमा शुल्क संकलन गरेको छ ।

साथै, कम्पनीले मंसिर मसान्तसम्म ५७ करोड, पुस मसान्तसम्म ७१ करोड, माघ मसान्तसम्म १ अर्ब १० करोड र फागुन मसान्तसम्म ९५ करोड रुपैयाँ गरी एक वर्षको अवधिमा कुल ८ अर्ब ३९ करोड रुपैयाँ प्रथम बीमा शुल्क संकलन गरेको छ ।

एशियन लाइफः कम्पनीले गत आवको फागुन मसान्तसम्म १ अर्ब ७ करोड रुपैयाँ प्रथम बीमा शुल्क संकलन गरेको थियो । जुन चालु आवको सोही अवधिमा ३४.५८ प्रतिशतले वृद्धि भएर १ अर्ब ४४ करोड रुपैयाँ पुर्याएको छ ।

२०७६ फागुन मसान्तसम्ममा कम्पनीले १ अर्ब ७ करोड रुपैयाँ र चैत मसान्तसम्म १ अर्ब ८ करोड रुपैयाँ प्रथम बीमा शुल्क संकलन गरेको थियो । कम्पनीले २०७७ बैशाख मसान्तसम्म १ अर्ब १० करोड, जेठ मसान्तसम्म १ अर्ब २८ करोड र असार मसान्तसम्म १ अर्ब ६० करोड रुपैयाँ प्रथम बीमा शुल्क संकलन गरेको थियो ।

चालु आवको पहिलो महिना कम्पनीले ९ करोड रुपैयाँ प्रथम बीमा शुल्क संकलन गरेको थियो । कम्पनीले भदौ मसान्तसम्म २८ करोड, असोज मसान्तसम्म ४९ करोड र कात्तिक मसान्तसम्म ५८ करोड रुपैयाँ प्रथम बीमा शुल्क संकलन गरेको छ ।

साथै, कम्पनीले मंसिर मसान्तसम्म ७४ करोड, पुस मसान्तसम्म १ अर्ब १७ करोड, माघ मसान्तसम्म १ अर्ब ३३ करोड र फागुन मसान्तसम्म १ अर्ब ४४ करोड रुपैयाँ गरी एकवर्षको अवधिमा कुल १२ अर्ब २५ करोड रुपैयाँ प्रथम बीमा शुल्क संकलन गरेको छ ।

महालक्ष्मी लाइफः कम्पनीले गत आवको फागुन मसान्तसम्म ३६ करोड रुपैयाँ प्रथम बीमा शुल्क संकलन गरेको थियो । जुन चालु आवको सोही अवधिमा ३०.५६ प्रतिशतले वृद्धि भएर ४७ करोड रुपैयाँ पुर्याएको छ ।

२०७६ फागुन मसान्तसम्ममा कम्पनीले ३६ करोड रुपैयाँ र चैत मसान्तसम्म ३८ करोड रुपैयाँ प्रथम बीमा शुल्क संकलन गरेको थियो । कम्पनीले २०७७ बैशाख मसान्तसम्म ४० करोड, जेठ मसान्तसम्म ४३ करोड र असार मसान्तसम्म ८० करोड रुपैयाँ प्रथम बीमा शुल्क संकलन गरेको थियो ।

चालु आवको पहिलो महिना साउनमा कम्पनीले २ करोड रुपैयाँ प्रथम बीमा शुल्क संकलन गरेको थियो । कम्पनीले भदौ मसान्तसम्म ७ करोड, असोज मसान्तसम्म १३ करोड र कात्तिक मसान्तसम्म १६ करोड रुपैयाँ प्रथम बीमा शुल्क संकलन गरेको छ ।

साथै, कम्पनीले मंसिर मसान्तसम्म २५ करोड, पुस मसान्तसम्म ३४ करोड, माघ मसान्तसम्म ३९ करोड र फागुन मसान्तसम्म ४७ करोड रुपैयाँ गरी एक वर्षको अवधिमा कुल ४ अर्ब २० करोड रुपैयाँ प्रथम बीमा शुल्क संकलन गरेको छ ।

सन लाइफः कम्पनीले गत आवको फागुन मसान्तसम्म ४६ करोड रुपैयाँ प्रथम बीमा शुल्क संकलन गरेको थियो । जुन चालु आवको सोही अवधिमा ३०.४३ प्रतिशतले वृद्धि भएर ६० करोड रुपैयाँ पुर्याएको छ ।

२०७६ फागुन मसान्तसम्ममा कम्पनीले ४६ करोड रुपैयाँ र चैत मसान्तसम्म ४७ करोड रुपैयाँ प्रथम बीमा शुल्क संकलन गरेको थियो । कम्पनीले २०७७ बैशाख मसान्तसम्म ४७ करोड, जेठ मसान्तसम्म ४८ करोड र असार मसान्तसम्म ५७ करोड रुपैयाँ प्रथम बीमा शुल्क संकलन गरेको थियो ।

चालु आवको पहिलो महिना साउनमा कम्पनीले ४ करोड रुपैयाँ प्रथम बीमा शुल्क संकलन गरेको थियो । कम्पनीले भदौ मसान्तसम्म १० करोड, असोज मसान्तसम्म २३ करोड र कात्तिक मसान्तसम्म २८ करोड रुपैयाँ प्रथम बीमा शुल्क संकलन गरेको छ ।

साथै, कम्पनीले मंसिर मसान्तसम्म ३४ करोड, पुस मसान्तसम्म ४७ करोड, माघ मसान्तसम्म ५५ करोड र फागुन मसान्तसम्म ६० करोड रुपैयाँ गरी एक वर्षको अवधिमा कुल ५ अर्ब ६ करोड रुपैयाँ प्रथम बीमा शुल्क संकलन गरेको छ ।

युनियन लाइफः कम्पनीले गत आवको फागुन मसान्तसम्म १ अर्ब ८६ करोड रुपैयाँ प्रथम बीमा शुल्क संकलन गरेको थियो । जुन चालु आवको सोही अवधिमा २६.३४ प्रतिशतले वृद्धि भएर २ अर्ब ३५ करोड रुपैयाँ पुर्याएको छ ।

२०७६ फागुन मसान्तसम्ममा कम्पनीले १ अर्ब ८६ करोड रुपैयाँ र चैत मसान्तसम्म १ अर्ब ८९ करोड रुपैयाँ प्रथम बीमा शुल्क संकलन गरेको थियो । कम्पनीले २०७७ बैशाख मसान्तसम्म १ अर्ब ९९ करोड, जेठ मसान्तसम्म २ अर्ब ११ करोड र असार मसान्तसम्म २ अर्ब ८६ करोड रुपैयाँ प्रथम बीमा शुल्क संकलन गरेको थियो ।

चालु आवको पहिलो महिना साउनमा कम्पनीले २२ करोड रुपैयाँ प्रथम बीमा शुल्क संकलन गरेको थियो । कम्पनीले भदौ मसान्तसम्म ४७ करोड, असोज मसान्तसम्म ८२ करोड र काक्तिक मसान्तसम्म १ अर्ब ७ करोड रुपैयाँ प्रथम बीमा शुल्क संकलन गरेको छ ।

साथै, कम्पनीले मंसिर मसान्तसम्म १ अर्ब २६ करोड, पुस मसान्तसम्म १ अर्ब ७६ करोड, माघ मसान्तसम्म १ अर्ब ९९ करोड र फागुन मसान्तसम्म २ अर्ब ३५ करोड रुपैयाँ गरी एक वर्षको अवधिमा कुल २० अर्ब ६५ करोड रुपैयाँ प्रथम बीमा शुल्क संकलन गरेको छ ।

नेपाल लाइफः कम्पनीले गत आवको फागुन मसान्तसम्म ५ अर्ब ३६ करोड रुपैयाँ प्रथम बीमा शुल्क संकलन गरेको थियो । जुन चालु आवको सोही अवधिमा १३.४३ प्रतिशतले वृद्धि भएर ६ अर्ब ८ करोड रुपैयाँ पुर्याएको छ ।

२०७६ फागुन मसान्तसम्ममा कम्पनीले ५ अर्ब ३६ करोड रुपैयाँ र चैत मसान्तसम्म ५ अर्ब ५३ करोड रुपैयाँ प्रथम बीमा शुल्क संकलन गरेको थियो । कम्पनीले २०७७ बैशाख मसान्तसम्म ५ अर्ब ६४ करोड, जेठ मसान्तसम्म ६ अर्ब ८ करोड र असार मसान्तसम्म १० अर्ब १६ करोड रुपैयाँ प्रथम बीमा शुल्क संकलन गरेको थियो ।

चालु आवको पहिलो महिना साउनमा कम्पनीले ८० करोड रुपैयाँ प्रथम बीमा शुल्क संकलन गरेको थियो । कम्पनीले भदौ मसान्तसम्म १ अर्ब ३८ करोड, असोज मसान्तसम्म २ अर्ब ५ करोड र कात्तिक मसान्तसम्म २ अर्ब ७० करोड रुपैयाँ प्रथम बीमा शुल्क संकलन गरेको छ ।

साथै, कम्पनीले मंसिर मसान्तसम्म ३ अर्ब ६२ करोड, पुस मसान्तसम्म ४ अर्ब ६७ करोड, माघ मसान्तसम्म ५ अर्ब ५४ करोड र फागुन मसान्तसम्म ६ अर्ब ८ करोड रुपैयाँ गरी एक वर्षको अवधिमा कुल ५९ अर्ब ६१ करोड रुपैयाँ प्रथम बीमा शुल्क संकलन गरेको छ ।

एलआइसीः कम्पनीले गत आवको फागुन मसान्तसम्म २ अर्ब २१ करोड रुपैयाँ प्रथम बीमा शुल्क संकलन गरेको थियो । जुन चालु आवको सोही अवधिमा ४.५२ प्रतिशतले वृद्धि भएर २ अर्ब ३१ करोड रुपैयाँ पुर्याएको छ ।

२०७६ फागुन मसान्तसम्ममा कम्पनीले २ अर्ब २१ करोड रुपैयाँ र चैत मसान्तसम्म २ अर्ब ३१ करोड रुपैयाँ प्रथम बीमा शुल्क संकलन गरेको थियो । कम्पनीले २०७७ बैशाख मसान्तसम्म २ अर्ब ३१ करोड, जेठ मसान्तसम्म २ अर्ब ३३ करोड र असार मसान्तसम्म ४ अर्ब १६ करोड रुपैयाँ प्रथम बीमा शुल्क संकलन गरेको थियो ।

चालु आवको पहिलो महिना साउनमा कम्पनीले ८ करोड रुपैयाँ प्रथम बीमा शुल्क संकलन गरेको थियो । कम्पनीले भदौ मसान्तसम्म ३८ करोड, असोज मसान्तसम्म १ अर्ब ३ करोड र कात्तिक मसान्तसम्म १ अर्ब १६ करोड रुपैयाँ प्रथम बीमा शुल्क संकलन गरेको छ ।

साथै, कम्पनीले मंसिर मसान्तसम्म १ अर्ब ४६ करोड, पुस मसान्तसम्म २ अर्ब ५ करोड, माघ मसान्तसम्म २ अर्ब २९ करोड र फागुन मसान्तसम्म २ अर्ब ३१ करोड रुपैयाँ गरी एक वर्षको अवधिमा कुल २४ अर्ब ८ करोड रुपैयाँ प्रथम बीमा शुल्क संकलन गरेको छ ।

मेट लाइफः कम्पनीले गत आवको फागुन मसान्तसम्म १ अर्ब २४ करोड रुपैयाँ प्रथम बीमा शुल्क संकलन गरेको थियो । जुन चालु आवको सोही अवधिमा २०.९७ प्रतिशतले घटेर ९८ करोड रुपैयाँमा सीमित भएको छ ।

२०७६ फागुन मसान्तसम्ममा कम्पनीले १ अर्ब २४ करोड रुपैयाँ र चैत मसान्तसम्म १ अर्ब १८ करोड रुपैयाँ प्रथम बीमा शुल्क संकलन गरेको थियो । कम्पनीले २०७७ बैशाख मसान्तसम्म १ अर्ब २१ करोड, जेठ मसान्तसम्म १ अर्ब २३ करोड र असार मसान्तसम्म १ अर्ब ३० करोड रुपैयाँ प्रथम बीमा शुल्क संकलन गरेको थियो ।

चालु आवको पहिलो महिना साउनमा कम्पनीले ९ करोड रुपैयाँ प्रथम बीमा शुल्क संकलन गरेको थियो । कम्पनीले भदौ मसान्तसम्म १६ करोड, असोज मसान्तसम्म २९ करोड र कात्तिक मसान्तसम्म ४० करोड रुपैयाँ प्रथम बीमा शुल्क संकलन गरेको छ ।

साथै, कम्पनीले मंसिर मसान्तसम्म ५१ करोड, पुस मसान्तसम्म ६६ करोड, माघ मसान्तसम्म ८१ करोड र फागुन मसान्तसम्म ९८ करोड रुपैयाँ गरी एक वर्षको अवधिमा कुल १० अर्ब ६ करोड रुपैयाँ प्रथम बीमा शुल्क संकलन गरेको छ ।

राष्ट्रिय बीमा संस्थानः कम्पनीले गत आवको फागुन मसान्तसम्म ८८ करोड रुपैयाँ प्रथम बीमा शुल्क संकलन गरेको थियो । जुन चालु आवको सोही अवधिमा ३४.०९ प्रतिशतले घटेर ५८ करोड रुपैयाँमा सीमित भएको छ ।

२०७६ फागुन मसान्तसम्ममा कम्पनीले ८८ करोड रुपैयाँ र चैत मसान्तसम्म ९४ करोड रुपैयाँ प्रथम बीमा शुल्क संकलन गरेको थियो । कम्पनीले २०७७ बैशाख मसान्तसम्म ८१ करोड, जेठ मसान्तसम्म ८२ करोड र असार मसान्तसम्म ९२ करोड रुपैयाँ प्रथम बीमा शुल्क संकलन गरेको थियो ।

चालु आवको पहिलो महिना कम्पनीले ४ करोड रुपैयाँ प्रथम बीमा शुल्क संकलन गरेको थियो । कम्पनीले भदौ मसान्तसम्म ३१ करोड, असोज मसान्तसम्म ३६ करोड र कात्तिक मसान्तसम्म ४१ करोड रुपैयाँ प्रथम बीमा शुल्क संकलन गरेको छ ।

साथै, कम्पनीले मंसिर मसान्तसम्म ४४ करोड, पुस मसान्तसम्म ४९ करोड, माघ मसान्तसम्म ५४ करोड र फागुन मसान्तसम्म ५८ करोड रुपैयाँ गरी एक वर्षको अवधिमा कुल ७ अर्ब ५४ करोड रुपैयाँ प्रथम बीमा शुल्क संकलन गरेको छ ।

प्रकाशित मिति : १९ चैत्र २०७७, बिहिबार ००:००  १२ : ३९ बजे

Motorable bridge constructed with investment of over Rs 131.2 million

KATHMANDU: Foreign Minister Dr Arzu Rana Deuba has congratulated her

Rs 60 million worth ginger sold in Triveni rural municipality

RUKUM PASCHIM: Triveni rural municipality of Rukum Paschim district has

Farmers struggle for fertilizer despite full warehouse in Siraha

KATHMANDU: Farmers in Siraha are facing difficulties in accessing chemical

Two teenage girls found dead in Achham

Two teenage girls, Saraswati Khadka (15) and Ishara Khadka (14),

Two arrested on charges of gangrape in Kailali

KATHMANDU: Two people have been arrested on charges of gang-raping