काठमाडौं । दोस्रो बजारमा सेयर कारोबार रोक्का भएको किसान लघुवित्त वित्तीय संस्थाको कारोबार फुकुवा भएको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले चैत १९ गतेदेखि कारोबार फुकुवा गरेको हो ।
कम्पनीको दोस्रो वार्षिक साधारण सभाको प्रस्ताव माथि छलफल गर्दा संस्थाको पुँजी कोष पर्याप्त नभएकाले त्यसका लागि हकप्रद सेयर जारी गर्ने कुरामा छलफल भएकोमा समितिले साधारण सभामा लिने प्रस्तावमध्ये हकप्रद सेयरको प्रस्ताव सम्बन्धित निकायसँग परामर्श गरेर मात्रै अगाडि बढ्ने निर्णय गरेको उल्लेख गरेको छ ।
लघुवित्तले २१ दिन अगावै वार्षिक साधारण सभा सम्बन्धि सूचना प्रकाशन गर्नुपर्ने प्रावधान र सो दिन विदा परेकाले परामर्श लिन नसकिएका कारण हकप्रद सेयर निष्कासन सहितको साधारण सभाको सूचना प्रकाशित भएको र दोस्रो दिन परामर्शपछि सो प्रस्ताव हटाइ पुनः भोलिपल्ट सूचना प्रकाशित गरिएको बताएको छ ।
SHARE YOUR THOUGHTS