नेपाल राष्ट्र बैंककी निर्देशक शुष्मा रेग्मी पक्राउ, आमाको ३ करोड पैसा लिएर हेरचाह नगरेको आरोप « Eglish Khabarhub

नेपाल राष्ट्र बैंककी निर्देशक शुष्मा रेग्मी पक्राउ, आमाको ३ करोड पैसा लिएर हेरचाह नगरेको आरोप



काठमाडौं । नेपाल राष्ट्र बैंकमा निर्देशक तहमा कार्यरत शुष्मा रेग्मीलाई नेपाल प्रहरीले पक्राउ गरेको छ ।

शुष्माको आमाले उजुरी दिएको आरोपमा रेग्मीलाई पक्राउ गरेको हो ।

रेग्मीले आमा र उनको अपांग भएको दिदीको पैसा लिएर हेरचाह नगरेको आरोप छ ।

रेग्मीलाई जेष्ठ नागरिक ऐन अनुसार कारवाहीको प्रक्रिया प्रहरीले अगाडि बढाएको छ ।
रेग्मी नेपाल राष्ट्र बैंकमा निर्देशक तहकी कर्मचारी हुन् । जसको सेवा सुविधा निकै नै आकर्षण हुन्छ ।

अहिले उनी राष्ट्र बैंकमा रेग्मी २२ औं तहकी निर्देशक हुन् । उनी कर्पोरेट प्लानिङ एण्ड रिक्स म्यानेजमेन्ट विभागमा कार्यरत रहेकाी छन् ।

Publish on: