फेरि बढ्यो पेट्रोल, डिजल र मट्टितेलको मूल्य, पेट्रोल प्रतिलिटर १२० रुपैयाँ « Eglish Khabarhub

फेरि बढ्यो पेट्रोल, डिजल र मट्टितेलको मूल्य, पेट्रोल प्रतिलिटर १२० रुपैयाँ



काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य फेरि बढाएको छ । निगमले आइतबार राति  १२ बजेदेखि लागू  हुनेगरी पेट्रोल, डिजेल र मट्टितेलमा मूल्य वृद्धि गरेको हो।

निगमले पेट्रोलमा २ रुपैयाँले मूल्य बढाएर प्रतिलिटर १२० रुपैयाँ पुर्याएको छ । त्यसैगरी डिजल र मट्टितेलको मूल्य प्रतिलिटर १०३ रुपैयाँ कायम गरेको छ । एलपी ग्या  र हवाई इन्धनको मूल्य भने यथावत राखेको छ  ।

निगमले अझै पनि पाक्षिक रुपमा ८८  करोड रुपैयाँ घाटा भइरहेको छ ।

 

 

Publish on: