राजेश हार्डवेयरलाई ३ लाख जरिवाना « Eglish Khabarhub

राजेश हार्डवेयरलाई ३ लाख जरिवाना



काठमाडौं । काठमाडौं महानगरपालिका वडा नम्बर १६ बालाजुमा रहेको राजेश हार्डवयरलाई ३ लाख जरिवाना गरेको छ । बालाजुमा रहेको राजेश हार्डवयरले कम तौलका स्टील/डन्डी बिक्री गरेको पाइएको हुनाले वाणिज्य, आपूर्ति तथा संरक्षण विभागले ३ जरिवाना गरेको हो ।

उक्त हार्डवेयरले कम तौलको फलाम/डन्डी बिक्री गरेको अभियोगमा विभागले उपभोक्ता संरक्षण ऐन २०७५ को दफा १६ उपदफा २ (कं) बमोजिम जरिवाना गरेको विभागले जनाएको छ ।

विभागका अनुसार उपभोक्ताबाट आएको गुनासोको आधारमा गरिएको अनुगमनबाट राजेश हार्डवेयरले बिलमा उल्लेखित परिमाणभन्दा कम डन्डीलगायतका फलामजन्य सामग्री बिक्री गरेको पुष्टि भएको जनाएको छ ।

वाणिज्य आपूर्ति तथा उपभोक्ता सरक्षण विभाग र गुणस्तर तथा नापतौलको टोलीले शनिबार उक्त शाखामा पुगेपछि डन्डीजन्य सामग्री तौल गर्दा बिलअनुसार कम देखिएको विभागको भनाइ थियो । साथै, विभागले ठगी तथा कम तौल डन्डी तथा स्टील नियन्त्रणमा लिई सटर शिलबन्दीसमेत गरेको थियो ।

Publish on: