सिभिल बैंकको एक्सटेन्सन काउन्टर ओखलढुंगाको करदाता सेवा कार्यालयमा « Eglish Khabarhub

सिभिल बैंकको एक्सटेन्सन काउन्टर ओखलढुंगाको करदाता सेवा कार्यालयमा



काठमाडौं । सिभिल बैंकले ओखलढुङ्गा जिल्ला, सिद्धिचरण नगरपालिका वडा नं ११, करदाता सेवा कार्यालयमा नयाँ एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याएको छ । उक्त एक्सटेन्सन काउन्टरको समुद्घघाटन सिद्धिचरण नगरपालीकाका मेयर मोहन कुमार श्रेष्ठले गरे ।

अब त्यस क्षेत्रका सेवाग्राहीले नेपाल सरकार अर्थमन्त्रालय आन्तरिक राजस्व विभागसँग सम्बन्धित करहरुको भुक्तानी सिभिल बैंकको एक्सटेन्सन काउन्टरमार्पmत् सजिलैसँग गर्न सक्नेछन् ।

पाँच लाखभन्दा बढी ग्राहकलाई ११४ शाखामार्फत् सेवा प्रदान गरिरहेको सिभिल बैंकको यस एक्सटेन्सन काउन्टरसहित ८ एक्सटेन्सन काउन्टरहरु स्थापित गरिसकेको छ । जसमध्ये ५ वटा एक्सटेन्सन काउन्टरहरु नेपाल सरकारको कर तथा राजश्व संकलन गर्न स्थापित गरिएको हो । साथै बंैकको हालसम्म ८९ एटियम छन् । बैंकले हालसम्म करिब  ८२ अर्ब रूपैयाँभन्दा बढी निक्षेप परिचालन गरी रु. ७८ अर्व भन्दा बढी कर्जा लगानी गरिसकेकोे छ ।

Publish on: