सन्राइज बैंकद्वारा नि:शुुल्क आँखा शिविर सम्पन्न « Eglish Khabarhub

सन्राइज बैंकद्वारा नि:शुुल्क आँखा शिविर सम्पन्न



वीरगञ्ज । सनराइज बैंकको वीरगञ्ज शाखा र लायन्स क्लव वीरगञ्जद्वारा आएम केडिया आई अस्पतालको सहयोगमा वीरगञ्ज परसौनिमा चैत्र २१ गते निशुल्क आँखा शिविर सम्पन्न गरेको छ ।

बैंकले आफ्नो सामाजिक उत्तरदायित्व अन्र्तगत सर्वसाधारणलाई सहज स्वस्थ्य सुबिधा दिने उद्देश्यसाथ उक्त कार्यक्रम सम्पन्न गरेको हो ।

कार्यक्रम सम्पन्न गर्न बैंकले लायन्स क्लब वीरगञ्जलाई १ लाख ८० हजार रुपैयाँ रकमको आर्थिक सहयोग गरेको हो । शिविरमा २५० जनाको आँखा परीक्षण गरेकोमा १०० जनाको आँखामा समस्या देखिएको थियो ।

उक्त शिविरमा अस्पतालको ७ जना टोलिले सेवा प्रदान गरेको थियो । समस्या देखिएका १०० जनाको समेत निःशुल्क उपचार हुनेछ ।

सनराइज बैंकले देशव्यापीरुपमा विभिन्न सामाजिक कार्य गर्दै आइरहेको र आगामी दिनमा पनि यस्ता सामाजिक कार्यलाई निरन्तरता दिदैं जाने बैंकले जनाएको छ ।

Publish on: