नेपाल राष्ट्र बैंक कर्मचारी संघको आठौं केन्द्रीय महाधिवेशन सम्पन्न र नयाँ नेतृत्व चयन « Eglish Khabarhub

नेपाल राष्ट्र बैंक कर्मचारी संघको आठौं केन्द्रीय महाधिवेशन सम्पन्न र नयाँ नेतृत्व चयन



काठमाडौं । नेपाल राष्ट्र बैंक कर्मचारी संघको आठौं केन्द्रीय महाधिवेशन सम्पन्न भएको छ । बैंकको केन्द्रीय कार्यालय वालुवाटार परिसरमा चैत २० गते शुरु भएको महाधिवेशन २२ गते सम्पन्न भएको हो ।

गभर्नर महाप्रसाद अधिकारीको विशिष्ट अतिथिमा उद्घाटन गरिएको महाधिवेशन समारोहमा डेपुटी गभर्नरहरु डा. नीलम ढुङ्गाना तिम्सिना तथा बमबहादुर मिश्रको उपस्थिति रहेको थियो ।

उद्घाटन समारोहमा गभर्नर अधिकारीले राष्ट्र बैंकले आफ्ना जनशक्तिलाई आर्थिक तथा वृत्ति विकासका अवसर मार्फत उत्प्रेरित गरिरहने प्रतिवद्धता पनि व्यक्त गरे ।

पेशागत महासंघ नेपालका अध्यक्ष विश्वनाथ प्याकुरेल, बैक, बीमा तथा वित्तीय क्षेत्र कर्मचारी संघ, नेपालका का. वा. अध्यक्ष योगेन्द्र बहादुर सिंह, संघका पूर्व अध्यक्षहरु प्रेमप्रसाद पाण्डेय, बसन्तराज पाण्डे, ढुण्डीराज मिश्रको उपस्थिति थियो । साथै, राष्ट्रिय वाणिज्य बैंक कर्मचारी संघ नेपालका अध्यक्ष हेमराज सुवेदी, बैंकका कार्यकारी निर्देशकहरु, निर्देशकहरुको पनि उक्त समारोहमा अतिथिको रुपमा उपस्थिति रहेको थियो ।

उद्घाटन समारोहको संघको केन्द्रीय समितिका कावा. अध्यक्ष रुद्रप्रसाद तिम्सिनाले कर्मचारी संघ र यसका जिम्मेवार पदाधिकारीहरुले ट्रेड युनियन अधिकारको लागि लामो संघर्ष बारे बताउँदै आम कर्मचारीहरुका वृत्ति विकासमा नकारात्मक असर पार्ने खालका कर्मचारी विनियमावलीमा रहेका प्रावधानहरु संशोधन गर्नुपर्ने धारणा राखे ।

साथै, चैत २१ गते भएको महाधिवेशनको बन्दसत्रमा आर्थिक तथा सांगठनिक प्रतिवेदनहरु अनुमोदन, आगामी कार्य नीति तथा कार्यदिशा तय तथा नयाँ नेतृत्व पनि चयन गरिएको थियो । उक्त बन्दसत्रले देहाय बमोजिमका पदाधिकारी तथा सदस्यहरु रहेको केन्द्रीय समितिको चयन पनि गरेको छ ।

Publish on: